default_image

2 years ago

June 7, 2023

फ्रेन्ड्ससँग बराबरी खेल्दै संकटा रेलिगेसनबाट बच्यो

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन डरबाट बचेको छ । बुधबार दशरथ रंगशालामा सम्पन्न २५ औं चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग १-१ को बराबरी खेल्दै संकटा जोगिएको हो ।

फ्रेन्ड्सले खेलमा सुरुवाती अग्रता लिएपनि संकटाले बराबरी गोल फर्काएको थियो । ५३ औं मिनेटमा तोरीच जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई अघि बढाए । उनले पेनाल्टी क्षेत्र भित्र ३ डिफेन्डर बिट गर्दै गोल गरेका थिए । त्यस्तै ७१ औं मिनेटमा ओन्गुना जुनियरले बराबरी गोल फर्काए । उनको शक्तिशाली प्रहार गोलरक्षक राजबाबु थापाले बचाउन सकेनन् ।

यस नतिजासँगै फ्रेन्ड्सले २५ खेलमा २७ अंक बनाएको छ । यता संकटाले २५ खेलमा ३१ अंक जोडेको छ । अब मात्र ४ क्लबलाई रेलिगेसनको डर रहेको छ । ११ औं स्थानको नेपाल एपिएफ क्लबको ३० अंक, १२ औं स्थानको थ्री स्टार क्लबको २९ अंक, १३ औं स्थानमा रहेको फ्रेन्ड्सको २७ अंक तथा एफसी खुमलटार २७ अंकसहित पुछारमा छ ।

अन्तिम खेलमा शुक्रबार फ्रेन्ड्सले एपिएफको सामना गर्नेछ । सोहि समयमा चर्च ब्वाइज युनाइटेड र खुमलटार पनि खेल्नेछन् । शनिबार थ्री स्टार र जावलाखेल खेल्नेछन् ।

May 13, 2025

नेपाल भारतसँग पराजित, बंगलादेशसँग सेमिफाइनलमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा आज जित निकालेको भारत समूह विजेता बन्न सफल रह्यो। नेपालको हैसियत उप विजेताको रहेको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे। यो गोल भएको […]

May 13, 2025

प्लानिङ ब्वाइज ‘ए’ डिभिजनमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड २ खेल अगाडि ‘ए’ डिभिजनमा उक्लन सफल भएको छ। बाँसबारी क्लबलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो। यो जितमा प्लानिङ ब्वाइजले ११ खेलबाट २७ अंक बनाएर २ खेल अगावै शीर्ष दुईमा रहने निश्चित भएको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजलाई बाँसबारीले पहिलो हाफमा गोल गर्न […]

May 13, 2025

सरस्वतीको जितमा धिरेन्द्रको गोल

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबले वीरगन्ज युनाइटेडलाई ३-० ले हराएको छ । प्रतिबन्ध फुकुवासँगै मैदान फर्किएका धीरेन्द्र शाह सरस्वतीको लागि गोल गर्न सफल रहे । एन्फा कम्प्लेक्समा भएको खेल एकपक्षीय बन्यो । ज्ञानेन्द्र जोशीले १८ औं मिनेटमा सरस्वतीलाई अग्रता दिलाए । पहिलो हाफ एक शुन्यको नतिजामा सकियो । […]

Success

Thank you for your time.