3 years ago
June 7, 2023
एजेन्सी – अर्जेन्टिनी स्टार फरवार्ड लिओनेल मेस्सी अमेरिकी क्लब इन्टर मायमी जाने भएका छन् । यसै साता फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने घोषणा गरेका उनी मेजर लिग सकर (एमएलएस) क्लब जाने भएका हुन् ।

साउदी क्लब अल हिलालले राखेको प्रस्ताव नकार्दै मेस्सीले अमेरिकी क्लब जाने निर्णय गरेका हुन् । युरोप बाहिर खेल्ने निर्णय लिएका मेस्सीसामु आफ्नो पूर्व क्लब बार्सिलोना फर्कने अवसर पनि थियो । तर मेस्सीले करिअरको अन्त्य अमेरिकी क्लबमा गएर गर्ने भएका हुन् ।
मेस्सीलाई आर्थिक रुपमा निकै ठूलो प्रस्ताव गर्नेमा इन्टर मायमी र अल हिलाल थिए । साउदी क्लबहरुले निकै मोटो रकम खर्च गरिरहेको अवस्थामा मेस्सी पनि त्यसतर्फ जाने चर्चा रहेको थियो । तर मेस्सीले फुटबलबाहेक व्यापारिक पक्षमा पनि मायमीबाट राम्रो प्रस्ताव पाएपछि त्यसतर्फ आकर्षित भएको बुझिएको छ ।
युरोपेली फुटबलका वरिष्ठ पत्रकार गिलेम बालागेका अनुसार मेस्सीलाई मायमीले एडिडास र एप्पलसँग प्रायोजन सम्झौताक पनि केहि अंश दिने प्रस्ताव राखेको थियो । यसबाहेक मेस्सीसामु क्लबबाट संन्यास लिने समयमा क्लबकै शेयर पनि दिने चर्चा रहेको छ ।
मेस्सीले फ्रान्समा दुई सिजन बिताए । सन् २०२१ मा आर्थिक समस्याका कारण बार्सिलोना छोडेका उनले १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका थिए । पिएसजीमा भने च्याम्पियन्स लिग जित्ने उनको इच्छा पूरा हुन सकेन । यसक्रममा मेस्सीले अर्जेन्टिनाका लागि कोपा अमेरिका र विश्वकप जित्ने उपलब्धि भने हासिल गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]