default_image

3 years ago

June 8, 2023

नेपाली टोलीको अर्को हार

252 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – म्यानमारमा जारी एफसी महिला यू २० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली बिहीबार भएको खेलमा चीनसँग ५–० ले पराजित भएको छ । चीनले पहिलो हाफमै चार गोल गरेको थियो ।

युयाङ युहानले १६ औं मिनेटमा गोलको खाता खोलेकी थिइनेभन होउ युछिनले २६ औं मिनेटमा गोल थपेकी थिइन् । यिन लिहोङले पहिलो हाफको इन्जुरीको दोस्रो र लु ज्यायुलले पाँचौं मिनेटमा गरेकी थिइन् । खेल सकिन १ मिनेट बाँकी रहँदा यु जिकीले गोल गरेपछि नेपाली टोलीले लगातार दोस्रो खेलमा फराकिलो हार बेहोरेको हो ।

नेपाल मंगलबार पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५–० ले नै पराजित भएको थियो । नेपालले शनिबारको अन्तिम खेलमा चिनिया ताइपेयीविरुद्ध खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा नेपाल विजेता रहेको थियो । नेपाल समूह ‘बी’ विजेताका रूपमा छनोटको दोस्रो चरण पुगेको थियो ।

यस छनोटबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.