default_image

3 years ago

June 8, 2023

अर्जेन्टिनी मिडफिल्डर लिभरपुलमा अनुबन्धित

256 views

0 Bookmark

एजेन्सी – विश्व विजेता अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्याक एलिस्टर इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । एलेक्सिस म्याक एलिस्टर अर्काे प्रिमियर लिग क्लब ब्राइटन होव अल्बियोनबाट लिभरपुलमा सरेका हुन् ।

लिभरपुलले एलिस्टरलाई ५ वर्षको लागि ३५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी अब सन् २०२८ को समर ट्रान्सफरसम्म लिभरपुलमा रहनेछ ।

यस सिजन प्रिमियर लिगमा ब्राइटनलाई पहिलोपटक युरोपिन फुटबलमा छनोट गराउन महत्वपूर्ण भुमिका निभाएका उनको सम्झौता ५५ मिलियन पाउन्डसम्म बढ्न सक्नेछ ।

२४ वर्षीय एलिस्टरले ब्राइटनमा साँढे तीन सिजन बिताउादा ११२ खेलमा २० गोल गरेका छन् । उनले अर्जेन्टिनालाई गत वर्ष नोभेम्वर डिसेम्वरमा भएको फिफा विश्वकप जिताउन पनि महत्वपूर्ण भुमिका निभाएका थिए ।

‘यो सपना साकार भएको छ र म पर्खन सक्दिन ।’ म्याक एलिस्टरले भने, ‘म प्रि–सिजनको पहिलो दिन बाटै आउन चाहन्थे, सबै कुरा राम्रो छ । म मेरो टोलीका साथीहरूलाई भेट्न उत्सुक छु ।’

‘यो मेरो लागि उत्कृष्ट वर्ष थियो, मैले विश्वकप जिते, ब्राइटनलाई युरोपियन फुटबलमा छनोट गराए । तर अब यो समय लिभरपुलको बारेमा सोच्ने र राम्रो प्रदर्शनलाई निरन्तरता दिने प्रयास रहनेछ ।’ एलिस्टरले थपे ।

केही अनुभवी मिडफिल्डरले क्लब छाड्दै गर्दा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप आफ्नो मिडफिल्डलाई बलियो बनाउन खोजिरहेका छन् ।

म्याक एलिस्टर सन् २०१९ को जनवरीमा अर्जेन्टिनोस जुनियर्सबाट ब्राइटनमा सामेल भएका थिए । तुरुन्तै उनी लोनमा ब्यूनस आयर्समा फर्किएका थिए । एलिस्टरले अर्जेन्टिनाका लागि १६ क्याप जित्दा एक अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

डिसेम्बरमा अर्जेन्टिनाले तेस्रो विश्वकप जित्दा उनी प्रमुख खेलाडीको रूपमा उभिए । साउदी अरेबियासँग हार भोगेको अर्जेन्टिनाले त्यसपछि सानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको थियो । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको थियो ।

‘विश्वकप जितेदेखि मैले थप ट्रफीहरू जित्न चाहन्छु । मलाई लाग्छ कि यो क्लबले मलाई त्यसो गर्न मद्दत गर्नेछ ।’ एलिस्टरले भने, ‘म साँच्चै खुसी छु र म यो क्लबको लागि खेल्नको लागि उत्सुक छु ।’

म्याक एलिस्टरले इन्स्टाग्राममा ब्राइटनलाई धन्यवाद दिँदै लेखेका छन्, ‘यो क्लबलाई बिदाई गर्ने समय हो जसले मेरो लागि ढोका खोल्यो र मलाई यस्ता अद्भुत क्षणहरू दियो । मैले कहिल्यै सोचेको थिइनँ म सधैं आभारी रहनेछु ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.