default_image

12 months ago

June 9, 2023

डोमालाल रंगशालालाई ५० लाख विनियोजन

201 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

सर्वाधिक दर्शक उपस्थित हुने झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालालाई सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपालकै प्रतिष्ठित झापा गोल्डकप सञ्चालन हुँदै आएको सो रंगशालाको स्तरोन्नतिका लागि संघीय सरकारले आगामी आर्थिक वर्षका सो रकम विनियोजन भएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

संघीय सरकारबाट विनियोजन गरिएको सो बजेटबाट रंगशालाको स्तरोन्नति गरिने बस्नेतले बताए । सरकारले हालसम्म बजेट उपलब्ध नगराउँदा निजी स्रोतबाट मैदानको स्तरोन्नति हुँदै आएको छ ।

सरकारले रंगशाला विकासका लागि बजेट विनियोजन गरेकोप्रति बस्नेतले धन्यवाद व्यक्त गरे । ५० लाख रुपैयाँले मैदान मर्मत, घेराबारा वा अन्य काम गर्ने भन्ने पछि टुंगो लाग्ने उनले बताए ।

सो रंगशालामा झापा गोल्डकप लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका प्रतियोगिता हुँदै आएका छन् । झापा गोल्डकपको छैटौँ संस्करण यही फागुनमा हुनेछ ।

May 27, 2024

योर गेम इज नट फेयर प्ले

सन्जोग चाम्लिङ राई पहेँलो रंगको पृष्ठभूमिगाढा निलो अक्षर । मैदानमासबैभन्दा पहिले छिर्छएउटा चारकुने झण्डालेखिएको हुन्छ –“माई गेम इज फेयर प्ले” । मैदानको वारी छन्“भिटामिन डी” को रापमारापिएका दर्शकहरु ,पारी देखिन्छछहारीमा सुकला गरी रहेको एन्फाखेल्दै छन् मैदानमाभोको पेट र काँचका सपनाहरु । अचम्मको पोको हो एन्फाफुटबल नबोल्नुउसको गला होफुटबल नखेल्नुउसको कला हो । बहुमतको बिसौलीमाउ मात्तिन्छचौरास्ताको […]

May 27, 2024

जितका साथ बार्सिलोनामा जाभीको बिदाई

एजेन्सी – जितका साथ जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षण यात्राको अन्त्य गरेका छन् । स्पेनिस ला लिगामा आफ्नो अन्तिम खेलमा आइतबार बार्सिलोना सेभियालाई २–१ ले हराएको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे । सेभियाका लागि एन नेसिरीले गोल गरे । खेलको समाप्तीपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरे । बार्सिलोनाले यसअघि नै […]

May 26, 2024

पिएसजी फ्रेन्च कप च्याम्पियन

एजेन्सी – फ्रेन्च कपको उपाधि जित्दै फरवार्ड केलियन एमबाप्पेले आफ्नाे पेरिस सेन्ट जर्मेन (पिएसजी) बसाईकाे सुखद् अन्त्य गरेका छन्। पिएसजीले शनिबार लियोनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । पिएसजीका लागि आफ्नाे अन्तिम खेलमा भने एमबाप्पेले गाेल गर्न सकेनन् । पिएसजीका लागि अन्तिम खेल खेलिरहेका केलियन एमबाप्पेले उपाधिसहित क्लबबाट सुखद बिदाई लिएका […]

Success

Thank you for your time.