3 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अन्तिम चरणको खेल तालिका परिवर्तन नगरेकोमा फुटबल क्लब खुमलटारले असन्तुष्टि जाहेर गरेको छ ।

लिगको अन्तिम चरणको खेलमा रेलिगेसन क्षेत्रमा रहेका टोलीका खेलहरु एकसाथ खेलाउन खुमलटारले एन्फालाई आग्रह गरेको थियो । पत्राचार नै गरेर आग्रह गरेकोमा एन्फाले त्यसमा कुनै प्रतिक्रिया नजनाएपछि क्लबले विज्ञप्ति जारी गर्दै खेल नखेल्ने धम्कि समेत दिएको छ । तर क्लबका अध्यक्ष मणिराज विष्टले क्लबले खेल भने खेल्ने बताए ।
‘हाम्रो असन्तुष्टि हो । असन्तुष्टि मात्र होइन, आपत्तिजनक असन्तुष्टि हो । हामी सबै फिफाको फेयर प्लेको झन्डामुनि लिग संचालन गरिरहेका छौं । तर अन्तिम चरणको खेल तालिका समायोजन गर्न हामीले राखेको अनुरोधलाई एन्फाले वास्ता गरेन,’ उनले भने ।

‘सम्भव हुन्थ्यो भने अन्तिम चरणको खेल ७ फरक स्थानमा हुनुपर्ने थियो । तर नेपालमा मैदानको अभावले त्यो सम्भव छैन । तर ३ मैदान भएको अवस्थामा कम्तिमा एकसाथ रेलिगेसन क्षेत्रमा रहेका क्लबको तीन खेल त गर्न सकिन्छ नि । फेयर प्ले को भावना अनुसार तालिका भएन भन्ने हो,’ अध्यक्ष विष्टले बताए ।
अन्तिम चरणको खेलमा पुछारको खुमलटारले चर्च ब्वाइज युनाइटेडसँग आज दिउँसो ३ बजे खेल्दैछ । सोहि समय नेपाल एपिएफ क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा रेलिगेसनबाट बच्न प्रतिस्पर्धा हुनेछ । रेलिगेसनको डर रहेको थ्री स्टार क्लबले भने अन्तिम खेल भोली साँझ ५:३० बजे दशरथ रंगशालामा जावलाखेलसँग खेल्नेछ ।
खुमलटारले जारी गरेको विज्ञप्ति :

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]