3 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोगाउन जित निकाल्दै पर्ने खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेपछि फ्रेन्ड्स क्लब कुपन्डोल यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट बचेकाे छ ।

रेलिगेसनबाट बच्न जित निकाल्नै पर्ने लिगकाेअन्तिम खेलमा एपिएफलाई ४–० ले पराजित गर्दै फ्रेन्ड्सको रेलिगेसन बचेको हो । फ्रेन्ड्सको सहज जितमा टोरिक जेब्रिन, विकास थापा र रफिक अमिनुले गोल गरे । फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्दै जित पक्का गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको १५औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्सबाहिर रफिक अमिनुलाई एडमा डोम्वियाले फउल गरेपछि प्राप्त फ्रिकिकमा टोरिकले सहज गोल गर्न सफल भए ।
२६औं मिनेटमा अर्मान्ड विडोङमा हेडर पोस्ट नजिकैबाट बाहिरिदा एपिएफ बराबरीबाट चुक्यो । ३१औं मिनेटमा बिकास थापाले गोल गर्दै फ्रेन्ड्सको अग्रत दोब्बर पारे ।

रुपेश केसीको लामो पासलाई विकासले अफसाइड बिट ट्याप गर्दै नियन्त्रणमा लिदै गरेको प्रहारले जाली चुम्यो । ५२औं मिनेटमा टोरिक जेब्रिनको पासमा रफिक अमिनुको वान भर्सेस वानको प्रहारलाई एपिएफका गोलरक्षक राजु योगीले विफल पारे ।
७१औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सहज जिततर्फ अघि बढाए । उनले टोरिक जेब्रिनकै पासमा गरेको प्रहारले क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।
७७औं मिनेटमा युवराज खड्काले सुवर्ण अवसर पाएपनि गोल गर्न नसक्दा एपिएफ अग्रता कम गर्नबाट चुक्यो । ८२औं मिनेटमा एखरोरबेकले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को सानदार जित दिलाए ।
यस जितसँगै रेलिगेसन बचेको फ्रेन्ड्सको २६ खेलबाट ३० अंक पुगेको छ । पराजित एपिएफलाई भने रेलिगेसनको खतरा कायम छ । समान ३० अंक नै रहेपनि एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ । अंक तालिकामा एपिएफ १२ औं स्थानमा रहेपनि एक अंक कम रहेको थ्री स्टारले अन्तिम दिन जावलाखेलसँग खेल्दैछ ।
अब शनिबार लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलसँग बराबरी र हारको नतिजा निस्किएमा एपिएफको रेलिगेसन बच्दा थ्री स्टार रेलिगेसनमा पर्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]