default_image

9 years ago

January 9, 2017

गोलकिपर किरण आज माल्दिभ्स जाँदै

145 views

0 Bookmark

माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक खेल जीवनको नयाँ उडान भर्ने क्रममा राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आज माल्दिभ्स जाँदैछन् । माल्दिभ्सको पहिलो डिभिजन टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौतापछि उनी त्यसतर्फ जान लागेको हुन् । त्यहाँ रहदाका सबै खर्च क्लबले बेहोर्ने भएपनि मासिक पारिश्रमिकका बारेमा किरण खुल्न चाहेनन् ।

kiran-chemjong

‘२०१७ को जनवरी १५ देखि एक बर्ष क्लबबाट खेल्ने सम्झौता भएको छ’ २७ बर्षे उनले भने, ‘अन्य सबै सुविधा क्लबले उपलब्ध गराउने छ । पारिश्रमिक त्यहि गएपछि मात्र टुंगो लाग्नेछ र औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।’  टिसी स्पोर्ट्स माल्दिभ्सको माथिल्लो श्रेणीको धिवेही प्रिमियर लिग क्लब हो । सन् २०१५ देखि माथिल्लो डिभिजनमा उक्लिएको टोली २०१६ को लिग, एफए कप र प्रेसिडेन्ट्स कपमा दोस्रो भएको थियो । यसपटकको लिग फेब्रुअरी २४ बाट सुरु हुने बताइएको छ । किरण प्रिसिजन तयारीका लागि जान लागेका हुन्।

‘ मेरो खेल जीवनमा नयाँ यात्रा सुरु हुँदैछ । त्यसैले केही उत्साहित छु । एक फुटबल खेलाडीका रूपमा व्यावसायिक लिग खेल्न पाउनु ठूलो कुरा हो, क्लबको नियमित प्रशिक्षण र प्रतिस्पर्धा हुने गर्छ,’ उनले भने, ‘यो अवसरले नेपाली फुटबललाई पनि फाइदा पुग्छ भन्ने मेरो विश्वास हो । ’ उनी माल्दिभियन लिग खेल्ने तेस्रो नेपाली फुटबलर हुने छन् । यसअघि फरवार्डद्वय सन्तोष साहुखल र जुमनु राईले अल युथ लिंकेजबाट २००९ को लिग खेलेका थिए ।

किरणको लागि भने टिसी स्पोर्टस् दोस्रो विदेश क्लब हो । उनी २०१० मा चटगाँउ अबाहानीबाट बंगलादेश प्रिमियर लिग खेलेका थिए । उनीसँगै टोलीमा सन्तोष र लोकबन्धु गुरुङ पनि थिए । घरेलु फुटबलमा मछिन्द्रबाट व्यवसायिक खेल जीवन सुरु गरेका किरणले लामो समय रुस्लान थ्री स्टार क्लबमका विताएका थिए । पछिल्लो एक बर्षयता उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध थिए ।

किरण सम्मिलित नेपाली टोलीले दुई महिना अघि मलेसियामा एएफसी सोलिडारिटी कप जितेको थियो । नेपालको अहिले सम्म ठूलो सफलतामा किरण पहिलो रोजाइमा थिए । सोलिडारिटी कपमा चारै खेल पोस्ट सम्हालेको उनले सेमिफाइनलमा लाउसविरुद्ध पेनाल्टी सुटआउटमा २ वटा पेनाल्टी रोकेका थिए । सोलिडारिटी कप जितेकै कारण २०१९ को एएफसी एसिया कपको छनोट खेल्ने अवसर पाएको छ । त्यहि छनोटको तयारीका लागि मार्चमा स्वदेश फर्कनले योजनासहित किरण आज राती माल्दिभ्स उड्दैछन् । उनी दुबईहुँदै माल्दिभ्स पुग्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.