9 years ago
January 9, 2017
कत्थ्मंदु (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजनले आठौं मिडिया कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।

नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगिताको समूह ‘ए’ को लिग खेलमा कान्तिपुरले नेपाल टेलिभिजन (एनटीभी) लाई २–१ गोलले पराजित ग¥यो । कान्तिपुरका नवीन खड्काले दुवै गोल गरे । एनटीभीका सुशील अधिकारीले सान्त्वना गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘ए’ कै अर्को लिग खेलमा एपीले एभिन्युजलाई ५–१ गोलले हरायो । एपीका लागि प्रसित हुमागाईंले ह्याट्रिक गरे भने शंकर खड्का र सुवास समलले १–१ गोल थपे । एभिन्युजका सञ्जय श्रेष्ठले १ गोल फर्काए । मंगलबार हुने समूह ‘बी’ को एक मात्र खेलमा रेडियो नेपालले इमेज च्यानल विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]