2 years ago
June 19, 2023
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस भेट्रान फरवार्ड जोसेलुलाई क्लबमा अनुबन्ध गरेका छन् । स्पेनिस क्लब रियलले जोसेलुलाई क्याटलान क्लब इस्पान्योलबाट लोनमा एक सिजनको लागि क्लबमा अनुबन्ध गरेको हो । स्थायी रुपमा सम्झौता गर्ने विकल्प पनि छ ।

टोलीका महत्वपूर्ण फरवार्ड तथा कप्तान करिम बेन्जेमाले रियल छाड्दै साउदी अरेबियाको अल इतिहादमा पुगेपछि क्लब नयाँ फरवार्डको खोजीमा रहेको रियलले जोसेलुलाई अनुब्नध गरेको हो ।
३३ वर्षीय जोसेलु सन् २०१२ पछि रियलमा फर्किएका हुन् । सेल्टा डि भिगोका उत्पादन जोसेलु २००९ देखि २०१२ सम्म रियलको ‘बी’ टोलीमा रहेका थिए । पछि सिनियर टोलीमा समेत परेका उनले रियलको सिनियर टोलीबाट एक खेलमा मात्रै मौका पाएका थिए ।
गत साता नै अनुबन्ध गर्ने पक्का गरेको रियलले अन्तर्राष्ट्रिय विश्रामपछि जोसेलुको अनुबन्ध प्रक्रिया पूरा गरेको हो । इस्पान्योल यो सिजन ला लिगाबाट रेलिगेसनमा परेको टोली हो । रियल म्याड्रिड अझैपनि केही गुणस्तरीय फरवार्ड भित्र्याउने योजनामा छ । जोसेलु रियलका लागि एक बलियो ब्याकअप हुन सक्नेछ ।
स्पेनको राष्ट्रिय टोलीमा समेत रहेको जोसेलु स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्दा टोलीका सदस्य हुन् । स्पेनले आइतबार राति क्रोएसियालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै युइएफए नेसन्स लिगको उपाधि जित्दा टोलीका सदस्य हुन् । उनले इटालीविरुद्धको सेमिफाइनलमा २–१ को जितमा एक गोल तथा क्रोएसियाविरुद्धको फाइनलमा टाइब्रेकरमा गोल गर्न सफल भएका थिए ।
उनले गत सिजन इस्पान्योलबाट ३७ खेल खेल्दा १७ गोल गर्न सफल भएका थिए । व्यवसायिक खेल करिअरमा उनले इस्पान्योल र रियलसँगै सेल्टा भिगो, होफेनहाइन, आइनट्राख्ट फ्रान्कफुर्ट, ह्यानोभर, स्टोक सिटी, डिपोर्टिभो ला कोरुना, न्यूक्यासल युनाइटेड र एलाभेसबाट खेलिसकेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]