9 years ago
January 9, 2017
दिपक न्यौपाने
बुटवल – रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा मोफसलको प्रतिष्ठित र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता १९ औ संस्करण फागुनमा हुने भएको छ । फागुन १२ गते देखि २१ गतेसम्म एन्फा टेक्निकल सेन्टर देबिनगर बुटवलमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने जिल्ला फुटबल सघ रुपन्देहिका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बिजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टोलीले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । विधागत रुपमा उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।
१० दिन सम्म चल्ने नकआउटका आधारमा चल्ने प्रतियोगितामा ए डियभिजन क्लब, भुटान र भारतका टोलीको सहभागिता रहने बताइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो क्यालेन्डरमा तिलोत्तमालाई समावेश नगरेपछि प्रतियोगिता तोकेकै मितिमा हुने जिल्ला संघका महासचिव लोक पुनले दाबी गरे ।

२०३३ सालबाट सुरु भएको प्रतियोगिता पटक पटक रोकिदै आएको छ । संघले अघिल्लो बर्षबाट नियमित गर्ने क्रममा यो बर्ष पनि आयोजना गर्न लागेको हो । झन्डै ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न बनाउन कुनै कसर नराखिने भन्दै केसीले भने, ‘बुटवल उपमहानगरपालीकाले पनि सहयोग बढाउने आशा गरेका छौ ।
यस क्षेत्रको गहनाको रुपमा रहेको गोल्डकप सम्पन्न गर्न लाखौ रुपैया खर्च हुने भएकाले उद्योगी ,ब्यबसायी ,राजनितिकर्मी, स्थानीय बुद्धिजिबी,तथा सम्पूर्णमा सहयोगका लागि आग्रह गर्दछौं ।’
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालीकाका योजना प्रमुख सुमन श्रेष्ठ,जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष योग गुरुङ,नेपाल पत्रकार महासघं रुपन्देहिका अध्यक्ष शेरबहादुर केसी, नेपाल खेलकुद पत्रकार मन्च रुपन्देही समन्वय शाखका अध्यक्ष सुमन अधिकारी ,लङ टेनिस सघं रुपन्देहिका महासचिब गोपाल ज्ञवाली लगायतले तिलोत्तमा गोल्डकप सफल र भब्य बनाउन बुटवलबासीको दायित्व रहेको बताएका थिए ।
तिलोत्तमा गोल्डकप र यस्तै अन्य प्रतीयोगीताले बुटवलको खेलकुद पर्यटनलाइ पनि टेवा पुर्याउने व्यक्ताहरुले विश्वास व्यक्त गरे ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]