default_image

2 years ago

June 21, 2023

साफको नयाँ माहोलमा वर्चस्व बढाउने भारतको लक्ष्य

411 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बेंगलुरुमा बुधबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा आयोजक भारतको लक्ष्य प्रतियोगितामा आफूले कायम गर्दै आएको वर्चस्व आमन्त्रित टोली थपिएको नयाँ थप फराकिलो पार्नु हुनेछ ।

सर्वाधिक ८ पटक उपाधि जितेको भारतले यसपटक भने थप चुनौतीको सामना गर्नुपर्ने छ । दक्षिण एसियाका ६ टोलीसँगै यसपटक लेबनान र कुवेतले पनि साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । भारत रहेको समूहमा लेबनान रहेको छ ।

प्रशिक्षक इगोर स्टिमाकले यसै साता मात्र भारतमै आयोजित इन्टरकन्टिनेन्टल कपमा भारतलाई उपाधि दिलाए । यसक्रममा भारतले फाइनलमा लेबनानलाई नै २-० ले पराजित गरेको थियो । राम्रो तयारी गरेको भारतले यसपटक पनि साफमा आफ्नो वर्चस्व कायम राख्ने लक्ष्य राखेको छ ।

भारतले पछिल्लो ६ खेलमा अपराजित रहने क्रममा ५ जित निकालेको छ । साफको पछिल्लो संस्करणमा नेपाललाई नै फाइनलमा हराएको थियो । यसपटक समूह चरणमा भारतले नेपाल, कुवेत र पाकिस्तानको सामना गर्नेछ ।

युवा र अनुभवी खेलाडीको सम्मिश्रणसहित आएको भारतीय टोलीको आक्रमणमा फेरी एकपटक सुनिल क्षेत्री हुनेछन् । ३८ वर्षको उमेरमा पनि सुनिलले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनकै गोलमा भारतले आइतबार भएको फाइनलमा लेवनानविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।

मिडफिल्डमा सहाल अब्दुल समाद र अनिरुद्ध थापाको जोडीले उच्च प्रदर्शन गरिरहेका छन् भने अनुभवी सन्देश झिन्गन र युवा अनवर अलीको जोडी भारतका लागि निकै फापेको छ । भारतसँग विंगरमा पनि थुप्रै विकल्प छ । गोलरक्षकमा गुरप्रित सिंह सन्धुलाई अम्रिन्दर सिंहले सुरुवाती स्थानका लागि चुनौती दिइरहेका छन् ।

भारतको घरेलु फुटबलको स्तरोन्नतिले राष्ट्रिय टोलीलाई पनि निकै सहयोग पुर्याएको छ । मैदानबाहिर मात्र नभएर मैदान भित्र पनि युवा खेलाडी फरक स्तरका आउन थालेका छन् । यसैपनि दक्षिण एसियामा वर्चस्व जमाएको भारत अब त्यसलाई थप फराकिलो पार्न यो संस्करण प्रयोग गर्न चाहन्छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.