3 years ago
June 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको बेंगलुरुमा बुधबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा आयोजक भारतको लक्ष्य प्रतियोगितामा आफूले कायम गर्दै आएको वर्चस्व आमन्त्रित टोली थपिएको नयाँ थप फराकिलो पार्नु हुनेछ ।

सर्वाधिक ८ पटक उपाधि जितेको भारतले यसपटक भने थप चुनौतीको सामना गर्नुपर्ने छ । दक्षिण एसियाका ६ टोलीसँगै यसपटक लेबनान र कुवेतले पनि साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । भारत रहेको समूहमा लेबनान रहेको छ ।
प्रशिक्षक इगोर स्टिमाकले यसै साता मात्र भारतमै आयोजित इन्टरकन्टिनेन्टल कपमा भारतलाई उपाधि दिलाए । यसक्रममा भारतले फाइनलमा लेबनानलाई नै २-० ले पराजित गरेको थियो । राम्रो तयारी गरेको भारतले यसपटक पनि साफमा आफ्नो वर्चस्व कायम राख्ने लक्ष्य राखेको छ ।
भारतले पछिल्लो ६ खेलमा अपराजित रहने क्रममा ५ जित निकालेको छ । साफको पछिल्लो संस्करणमा नेपाललाई नै फाइनलमा हराएको थियो । यसपटक समूह चरणमा भारतले नेपाल, कुवेत र पाकिस्तानको सामना गर्नेछ ।

युवा र अनुभवी खेलाडीको सम्मिश्रणसहित आएको भारतीय टोलीको आक्रमणमा फेरी एकपटक सुनिल क्षेत्री हुनेछन् । ३८ वर्षको उमेरमा पनि सुनिलले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनकै गोलमा भारतले आइतबार भएको फाइनलमा लेवनानविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।
मिडफिल्डमा सहाल अब्दुल समाद र अनिरुद्ध थापाको जोडीले उच्च प्रदर्शन गरिरहेका छन् भने अनुभवी सन्देश झिन्गन र युवा अनवर अलीको जोडी भारतका लागि निकै फापेको छ । भारतसँग विंगरमा पनि थुप्रै विकल्प छ । गोलरक्षकमा गुरप्रित सिंह सन्धुलाई अम्रिन्दर सिंहले सुरुवाती स्थानका लागि चुनौती दिइरहेका छन् ।
भारतको घरेलु फुटबलको स्तरोन्नतिले राष्ट्रिय टोलीलाई पनि निकै सहयोग पुर्याएको छ । मैदानबाहिर मात्र नभएर मैदान भित्र पनि युवा खेलाडी फरक स्तरका आउन थालेका छन् । यसैपनि दक्षिण एसियामा वर्चस्व जमाएको भारत अब त्यसलाई थप फराकिलो पार्न यो संस्करण प्रयोग गर्न चाहन्छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]