3 years ago
June 21, 2023
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिलमाथि पूनरागमन जित निकालेको छ ।

सेनेगलले १–० ले पछि परेको स्थिति ब्राजिलमाथि ४–२ को पूनरागमन जित निकालेको हो । सेनेगलको जितमा मानेले दुई गोल गर्दा हबिब डियालोले एक गोल गरे । एक गोल उपहार पाएको थियो । ब्राजिलका लुकास पाक्वेटा र मार्किन्हसले गोल फर्काए ।
पोर्चुगलको लिस्वनमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा हबिब डियालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५२औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा २–१ ले पछि पर्यो । ५५औं मिनेटमा साडियो मानेले गोल गरेपछि ब्राजिल खेलमा ३–१ ले पछि पर्यो ।

५८औं मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सेनेगलले ब्राजिलमाथि सानदार पूनरागमन जित निकाल्न सफल भयो ।
अफ्रिकी टोलीसँगको पछिल्लो चार खेलमा ब्राजिलको यो तेस्रो हार बेहोरेको हो । फिफा विश्वकप कतार २०२२ मा क्यामरुनसँग पराजित भएको ब्राजिलले त्यसपछि मैत्रीपूर्ण खेलमा मोरक्कोसँग पराजित हुँदा गिनियालाई पराजित गरेको थियो ।
यस्तै सेनेगल ११ वर्षपछि ब्राजिलसँग खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकाल्ने पहिलो टोली बनेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]