2 years ago
June 21, 2023
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिलमाथि पूनरागमन जित निकालेको छ ।

सेनेगलले १–० ले पछि परेको स्थिति ब्राजिलमाथि ४–२ को पूनरागमन जित निकालेको हो । सेनेगलको जितमा मानेले दुई गोल गर्दा हबिब डियालोले एक गोल गरे । एक गोल उपहार पाएको थियो । ब्राजिलका लुकास पाक्वेटा र मार्किन्हसले गोल फर्काए ।
पोर्चुगलको लिस्वनमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा हबिब डियालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५२औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा २–१ ले पछि पर्यो । ५५औं मिनेटमा साडियो मानेले गोल गरेपछि ब्राजिल खेलमा ३–१ ले पछि पर्यो ।

५८औं मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सेनेगलले ब्राजिलमाथि सानदार पूनरागमन जित निकाल्न सफल भयो ।
अफ्रिकी टोलीसँगको पछिल्लो चार खेलमा ब्राजिलको यो तेस्रो हार बेहोरेको हो । फिफा विश्वकप कतार २०२२ मा क्यामरुनसँग पराजित भएको ब्राजिलले त्यसपछि मैत्रीपूर्ण खेलमा मोरक्कोसँग पराजित हुँदा गिनियालाई पराजित गरेको थियो ।
यस्तै सेनेगल ११ वर्षपछि ब्राजिलसँग खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकाल्ने पहिलो टोली बनेको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]