default_image

3 years ago

June 22, 2023

चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो

260 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कु इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट ५२ मिलियन पाउण्डमा ६ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो ।

उनको सम्झौता १ जुलाईबाट शुरु हुनेछ । फ्रान्सबाट १० क्याप जितेका एनकुन्कु नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको पहिलो अनुबन्ध हो । २५ वर्षीय एनकुन्कुले गत सिजन बुन्डेसलिगामा २५ खेलमा १६ गोल गरेका थिए ।

‘म चेल्सीमा आबद्ध हुन पाउँदा धेरै खुसी छु । म यो चुनौतीका लागि धेरै उत्साहित छु र चेल्सीको जर्सी लगाउन पाउँदा गर्व लाग्छ ।’ एनकुन्कुले भने, ‘लिग वान र बुन्डेसलिगा खेलिसकेपछि मेरो लक्ष्य प्रिमियर लिग नै थियो । त्यो सपना पूरा हुँदैछ ।’

एनकुन्कुले नयाँ प्रशिक्षक र टोलीका सहयात्रीसँगै चेल्सी समर्थकहरूलाई भेट्न उत्सुक रहेको बताएका छन् । सन् २०१९ मा लाइप्जिगमा आवद्ध हुनुअघि एनकन्कुले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा चार वर्षको अवधिमा तीनवटा लिग वान उपाधि र दुईवटा फ्रेन्च कप जित्न सफल भएका थिए ।

सन् २०२१–२२ मा लिगमा २० गोल र १५ असिस्ट प्रदान गरेपछि उनी बुन्डेसलिगा प्लेयर अफ द सिजन र जर्मन पीएफए प्लेयर अफ द सिजन घोषित भएका थिए ।

यस महिनाको शुरुमा लाइप्जिगले लगातार दोस्रो पटक जर्मन कपको उपाधि जित्दा उनले गोल गर्न सफल भएका थिए । लाइप्जिग यो सिजनको बुन्डेसलिगामा भने तेस्रो भएको थियो ।

एनकुन्कुले गत वर्ष फ्रान्समा डेब्यु गरेका थिए तर खुट्टाको चोटका कारण विश्वकप गुमाएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.