default_image

3 years ago

June 21, 2023

कुवेतविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ घोषणा

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलका लागि नेपालले सुरुवाती -११ घोषणा गरेको छ । नेपालले ३:४५ बजे सुरु हुने खेलमा कुवेतको सामना गर्दैछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्ध उत्रिएको टोलीबाट एक परिवर्तन गरेका छन् । विंगमा मनिष डाँगीले आयुष घलानको स्थानमा खेल्दैछन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् । डिफेन्समा विमल पाण्डे लेफ्ट ब्याक, सनिश श्रेष्ठ राइट ब्याक तथा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाल्नेछन् ।

मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र लाकेन लिम्बुले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट र मनिष डाँगीले नवयुग श्रेष्ठसँग खेल्नेछन् । नेपालले फिलिपिन्सविरुद्ध खेलमा १-० को हार बेहोरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.