default_image

2 years ago

June 21, 2023

कुवेतविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ घोषणा

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलका लागि नेपालले सुरुवाती -११ घोषणा गरेको छ । नेपालले ३:४५ बजे सुरु हुने खेलमा कुवेतको सामना गर्दैछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्ध उत्रिएको टोलीबाट एक परिवर्तन गरेका छन् । विंगमा मनिष डाँगीले आयुष घलानको स्थानमा खेल्दैछन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् । डिफेन्समा विमल पाण्डे लेफ्ट ब्याक, सनिश श्रेष्ठ राइट ब्याक तथा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाल्नेछन् ।

मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र लाकेन लिम्बुले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट र मनिष डाँगीले नवयुग श्रेष्ठसँग खेल्नेछन् । नेपालले फिलिपिन्सविरुद्ध खेलमा १-० को हार बेहोरेको थियो ।

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.