default_image

2 years ago

June 21, 2023

मछिन्द्रले पारोसँग खेल्ने

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को उपविजेता मछिन्द फुटबल क्लबले एएफसी कपको छनोटको पहिलो राउन्डमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ ।

मछिन्द्र र पाराबीचको खेल अगस्ट ८ मा हुनेछ । खेल हुने स्थान भने तय गरिएको छैन । लिगको उपाविजेता भएपनि एएफसी क्लब लाइसेन्स भएका कारण मछिन्द्रले एएफसी कपको छनोट खेल्ने मौका पाएको हो ।

लिग च्याम्पियन बनेपनि एएफसी क्लब लाइसेन्स नभएका कारण चर्च ब्वाइज युनाइटेड एएफसी कपको छनोट खेल्नबाट वञ्चित बनेको हो ।

२०७७ मा मछिन्द्र च्याम्पियन बनेपनि क्लब लाइसेन्स नभएका कारण त्यसबेला लिगमा दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप खेल्ने मौका पाएको थियो ।

त्यसको एक वर्षपछि मछिन्दले क्लब लाइसेन्ससँगै पुनः लिग च्याम्पियन बन्दै एएफसी कप कप खेलेको थियो । त्यसबेला दशरथ रंगशालामा भएको पहिलो राउन्डको खेलमा श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित भएको थियो ।

नेपालमा मछिन्द्रसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन् । एपिएफ भने यो सिजन रेलिगेसनमा परिसकेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.