default_image

3 years ago

June 21, 2023

पहिलो हाफमै नेपाल दुई गोलले पछाडि

591 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाल कुवेतविरुद्ध पहिलो हाफमा नै २-० ले पछि परेको छ ।

भारतको बंगलोरस्थित कान्तिरभा रंगशालामा कुवेतले एकपक्षीय प्रदर्शनका साथ अग्रता बनाएको हो । नेपालले काउन्टर अट्याकमा पाएको अवसर सदुपयोग गर्न नसक्दा कुवेतले भने आक्रमणमा दबाब कायम गर्दै दुई गोल गरेको हो ।

२३ औं मिनेटमा कुवेतले कप्तान खालेद हजियाको गोलमा अग्रता लियो । फवाज अलोताइबीको कर्नरमा नेपालको डिफेन्स र गोलरक्षकबीच फ्रन्ट पोस्टमा समन्वय हुन नसक्दा हजियाले खाली पोस्टमा बललाई गोलको दिशा दिए ।

३६ औं मिनेटमा कुवेत अग्रता दोब्बर पार्नबाट चुक्यो । फवाज अलोताइबीले दायाँ विंगबाट दिएको क्रसमा मोहमद अब्दुल्लाहको हेडर क्रसबारमा लागेर फर्किएको थियो ।

४१ औं मिनेटमा कुवेतले अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा अघि बढेको मुभलाई शाइबाइबा अल्खाल्दीले गोलमा परिणत गरेका थिए । बायाँ विंगबाट मोहमद अब्दुल्लाहले दिएको पास पेनाल्टी क्षेत्रभित्र रोक्दै विमल पाण्डेलाई बिट गरेपछि अल्खाल्दीले गोलरक्षक किरण चेम्जोङलाई बिट गरेका थिए ।

समूह ए कै दोस्रो खेलमा आझ साँझ भारत र पाकिस्तान खेल्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.