3 years ago
June 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले कुवेतविरुद्ध पहिलो हाफमा खराब प्रदर्शन गरेका कारण हार बेहोरेको बताएका छन् ।

नेपाल साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको थियो । पहिलो हाफमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल मध्यान्तरमा २-० ले पछि थियो ।
प्रशिक्षक अनेसेले पहिलो हाफमा टोलीले डराएर खेलेजस्तो लागेको बताए । ‘हामीले कर्नरमा गल्ती गरेपछि पहिलो गोल खायौं । दोस्रो गोल पनि काउन्टर अट्याकमा खान पुग्यौं । पहिलो हाफमा टोलीले खेल्न सकेन । टोलीले डराएर खेलेजस्तो भयो,’ उनले भने ।
‘दोस्रो हाफमा एक परिवर्तन गरेपछि केहि परिवर्तन भयो । टोलीमा अनुभवको कमी देखियो । विपक्षी खेलाडीले अनुभवको फाइदा उठाए । दोस्रो हाफको प्रदर्शनले भारतविरुद्ध खेलका लागि सकारात्मक पक्ष पनि छ ।’
प्रशिक्षक अनेसेले सेमिफाइनलमा पुग्ने सम्भावना भने अझै जीवित रहेको बताए । ‘हाम्रो समूहमा अब भारत र पाकिस्तान रहेका छन् । भारत राम्रो टोली हो र पाकिस्तानसँग पनि अन्तर्राष्ट्रिय खेलाडी थपिएका छन् । हामीले आजको दोस्रो हाफको प्रदर्शन निरन्तर दिन सक्यौं भने अझै सम्भावना छ,’ अनेसेले बताए ।

भारतको घरेलु फुटबलमा केहि समय बिताएका उनले अर्को खेल विशेष रहने बताए । ‘भारतविरुद्ध खेल महत्त्वपूर्ण छ । हाम्रो लागि फाइनल सरह छ । भारत र नेपालको खेल सधैं विशेष हुने गर्दछ । भारतमा मेरो राम्रो याद पनि छ । मेरो लागि केहि भावनात्मक पनि रहनेछ । आजको भन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास छ,’ उनले टुंग्याए ।
नेपालले शनिबार हुने समूहको दोस्रो खेलमा भारतको सामना गर्दैछ । खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]