default_image

2 years ago

June 23, 2023

सिटीका मिडफिल्डर बार्सिलोना जाने

276 views

0 Bookmark

एजेन्सी – यो सिजन ट्रेवल उपाधि जितेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर स्पेनिस च्याम्पियन क्याटलान क्लब बार्सिलोना जाने भएका छन् ।

सिटीका कप्तान इल्केए गुन्डोगन यस महिनाको अन्त्यसँगै फ्रि ट्रान्सफरमा बार्सिलोना जाने पक्का भएको हो । सिटीको गुन्डोगानको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।

३२ वर्षीय गुन्डोगानलाई सिटीले सम्झौताको प्रस्ताव राखेपनि गुन्डोगानले बार्सिलोना जाने निर्णय गरेको बुझिएको छ । उनले स्पेनिस च्याम्पियन बार्सिलोनासँग ३ वर्षको आकर्षक सम्झौता गरेको मानिएको छ ।

सिटीका प्रशिक्षक पेप गुआर्डिओला यस सिजन ट्रेबल जित्ने क्लबका लागि अभिन्न अंग भएका गुन्डोगानलाई राख्न इच्छुक थिए । जर्मनीका मिडफिल्डरले २०२२–२३ मा सिटीका लागि ५१ खेल खेलेर ११ गोल गरेका छन् ।

एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडमाथि २–१ को जितमा उनले दुवै गोल गरेका थिए । उनले आफ्नो अन्तिम सात खेलमा ६ गोल गर्दै सिटीमा आफ्नो प्रभाव जमाएका थिए ।

च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टर मिलानलाई १–० ले हराएर यो सिजन प्रिमियर लिग र एफए कपको उपाधि जित्दा उनले पुरै ९० मिनेट खेलेका थिए ।

सिटीले क्रोएसियाका मिडफिल्डर माटियो कोभासिसलाई ३० मिलियन पाउन्डमा अनुबन्ध गरेपछि गुन्डोगानको प्रस्थान तय भएको हो । सन् २०१६ मा २० मिलियन पाउन्डमा सिटीमा अनुबन्ध भएका उनले सिटीका लागि ३०४ खेलमा ६० गोल गरेका छन् ।

इतिहाद स्टेडियममा आफ्नो सात वर्षको अवधिमा उनलले १४ उपाधि जितेक ाछन् । जसमा पाँच प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई एफए कप, चार कारबाओ कप र दुई कम्युनिटी शिल्ड छन् । ब्राजिली मिडफिल्डर फर्नान्डिन्होले क्लब छाडेपछि सिटीले २०२२–२३ को सिजनको सुरुमै उनलाई कप्तान बनाइएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.