2 years ago
June 23, 2023
एजेन्सी – यो सिजन ट्रेवल उपाधि जितेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर स्पेनिस च्याम्पियन क्याटलान क्लब बार्सिलोना जाने भएका छन् ।

सिटीका कप्तान इल्केए गुन्डोगन यस महिनाको अन्त्यसँगै फ्रि ट्रान्सफरमा बार्सिलोना जाने पक्का भएको हो । सिटीको गुन्डोगानको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।
३२ वर्षीय गुन्डोगानलाई सिटीले सम्झौताको प्रस्ताव राखेपनि गुन्डोगानले बार्सिलोना जाने निर्णय गरेको बुझिएको छ । उनले स्पेनिस च्याम्पियन बार्सिलोनासँग ३ वर्षको आकर्षक सम्झौता गरेको मानिएको छ ।
सिटीका प्रशिक्षक पेप गुआर्डिओला यस सिजन ट्रेबल जित्ने क्लबका लागि अभिन्न अंग भएका गुन्डोगानलाई राख्न इच्छुक थिए । जर्मनीका मिडफिल्डरले २०२२–२३ मा सिटीका लागि ५१ खेल खेलेर ११ गोल गरेका छन् ।
एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडमाथि २–१ को जितमा उनले दुवै गोल गरेका थिए । उनले आफ्नो अन्तिम सात खेलमा ६ गोल गर्दै सिटीमा आफ्नो प्रभाव जमाएका थिए ।
च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टर मिलानलाई १–० ले हराएर यो सिजन प्रिमियर लिग र एफए कपको उपाधि जित्दा उनले पुरै ९० मिनेट खेलेका थिए ।
सिटीले क्रोएसियाका मिडफिल्डर माटियो कोभासिसलाई ३० मिलियन पाउन्डमा अनुबन्ध गरेपछि गुन्डोगानको प्रस्थान तय भएको हो । सन् २०१६ मा २० मिलियन पाउन्डमा सिटीमा अनुबन्ध भएका उनले सिटीका लागि ३०४ खेलमा ६० गोल गरेका छन् ।
इतिहाद स्टेडियममा आफ्नो सात वर्षको अवधिमा उनलले १४ उपाधि जितेक ाछन् । जसमा पाँच प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई एफए कप, चार कारबाओ कप र दुई कम्युनिटी शिल्ड छन् । ब्राजिली मिडफिल्डर फर्नान्डिन्होले क्लब छाडेपछि सिटीले २०२२–२३ को सिजनको सुरुमै उनलाई कप्तान बनाइएको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]