2 years ago
June 23, 2023
एजेन्सी – घानाका कीर्तिमानी गोलकर्ता आसामोह जियानले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन् । उनले बुधबार राति एक समारोहका बीच व्यवसायिक खेल करिअरबाट सन्यासको घोषणा गरेका हुन् ।
घानाको राजधानी अक्रामा आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडिएर ड्रोग्बासँग स्टेजमा हुँदा आफ्नो निर्णयको खुलासा गर्दा ३७ वर्षीय आसामोहले गह भरी आँसु राख्दै सन्यासको घोषणा गरे ।
‘यो सबैलाई बताउनुपर्ने समय आएको छ । यो निकै कठिन क्षण हो ।’ घानाका लागि १०९ क्यापमा ५१ गोल गरेका पूर्व स्ट्राइकरले भने । पछि उनले सामाजिक सञ्जालमा आफ्नो २० वर्षको करिअरबारे बताएका छन् ।
‘यो समय हो, उनले लेखे, ‘म सक्रिय फुटबलबाट आधिकारिक रूपमा सन्यास लिएको हुँ । प्रत्येक फुटबलरको करिअरमा कठिन हुने चरण सबै फुटबलरहरूले चाहँदैनन् । तर अब यो आवाज कानमा गुन्जिरहनेछ ।’
सन् २०१० मा बीबीसी अफ्रिकी फुटबलर अफ द इयर भएका जियानले सन् २००३ मा १७ वर्षको उमेरमा घानाको सिनियर टोलीमा डेब्यु गरेका थिए । सोमालियाविरुद्ध उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । उनले पछिल्लो पटक सन् २०१९ मा घानाका लागि अन्तिम खेल खेले ।
उनले सात अफ्रिका कप अफ नेसन्स खेले । घानालाई २००८ मा तेस्रो र २०१० र २०१५ मा उपविजेता बनाए । अफ्रिकी फुटबल कन्फेडेरेसनले जियानलाई ‘खेलको एक पूर्ण लिजेन्ड’ को रुपमा व्यँख्या गरेको छ ।
जियान घानाको र्विाधिक गोलकर्तासँगै अफ्रिकाबाट विश्वकपको समेत सर्वाधिक गोलकर्ता हुन् । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा उनले चेक गणतन्त्रमाथि २–० को जित निकालेको खेलमा ६८ सेकेन्डमै गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले उक्त विश्वकपमा कुल ६ गोल गर्न सफल भइका थिए ।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा घाना क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो । उनले उक्त विश्वकपमा कुल ३ गोल गरेका थिए । क्वाटरफाइनलको अतिरिक्त समयमा महत्वपूर्ण पेनाल्टी चुकाउँदा घाना अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्नबाट चुक्यो ।
उरुग्वेका लुइस सुआरेजले गोललाइनमा बल ह्यान्डल गरेपछि पेनाल्टी प्रदान गरिएको थियो, जुन पेनाल्टीमा जियान चुकेका थिए । जियानले ब्राजिलमा २०१४ मा भएको विश्वकपमा पनि खेलेको उनले २०१९ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
व्यवसायिक करिअरमा उनले इटालीको उडिनेस, फ्रान्सको रेनेस र इंग्ल्याण्डको सन्डरल्याण्डसँगै आबु धाबी, चीन, टर्की र भारतलगायत विभिन्न ८ देशका ११ क्लबबाट खेले ।
May 23, 2025
एजेन्सी – रियल म्याड्रिडका कप्तान लुका मोड्रिचले सिजनको अन्त्यसँग क्लब छाड्ने निश्चित गरेका छन् ।फिफा क्लब विश्वकपपछि स्पेनिस जायन्ट क्लबबाट उनले बिदा लिनेछन्। सन् २०१८ का बालेन डि’ ओर विजेता ३९ वर्षीय क्रोएसियन मिडफिल्डरले रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा शनिवार रियल सोसिडाडविरुद्धको सिजनको अन्तिम ला लिगा खेल खेल्दै क्लबबाट अन्तिमपटक मैदानमा उत्रनेछन्। ‘त्यो क्षण आइपुगेको […]
May 22, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्स शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई जितको लागि २ सय ३६ रनको चुनौती दिएको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो। लखनउले सुरूवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ […]
May 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले जारी सिजनको अन्त्य जित बाट गरेको छ। सन्दीप लिम्बुको ह्याट्रिकलाई छाँयामा पार्दै ब्वाइज युनियनले बाँसबारी क्लबलाई ४-३ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा ब्वाइज युनियनको जितमा सञ्जिव लिम्बु, सुजन स्याङतान, सुशन लामा र सुजन श्रेष्ठले समान१ गोल गरे। बाँसबारीको लागि सन्दीपले खेलको २२ औं, ६६ […]