2 years ago
June 23, 2023
एजेन्सी – घानाका कीर्तिमानी गोलकर्ता आसामोह जियानले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन् । उनले बुधबार राति एक समारोहका बीच व्यवसायिक खेल करिअरबाट सन्यासको घोषणा गरेका हुन् ।

घानाको राजधानी अक्रामा आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडिएर ड्रोग्बासँग स्टेजमा हुँदा आफ्नो निर्णयको खुलासा गर्दा ३७ वर्षीय आसामोहले गह भरी आँसु राख्दै सन्यासको घोषणा गरे ।
‘यो सबैलाई बताउनुपर्ने समय आएको छ । यो निकै कठिन क्षण हो ।’ घानाका लागि १०९ क्यापमा ५१ गोल गरेका पूर्व स्ट्राइकरले भने । पछि उनले सामाजिक सञ्जालमा आफ्नो २० वर्षको करिअरबारे बताएका छन् ।
‘यो समय हो, उनले लेखे, ‘म सक्रिय फुटबलबाट आधिकारिक रूपमा सन्यास लिएको हुँ । प्रत्येक फुटबलरको करिअरमा कठिन हुने चरण सबै फुटबलरहरूले चाहँदैनन् । तर अब यो आवाज कानमा गुन्जिरहनेछ ।’
सन् २०१० मा बीबीसी अफ्रिकी फुटबलर अफ द इयर भएका जियानले सन् २००३ मा १७ वर्षको उमेरमा घानाको सिनियर टोलीमा डेब्यु गरेका थिए । सोमालियाविरुद्ध उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । उनले पछिल्लो पटक सन् २०१९ मा घानाका लागि अन्तिम खेल खेले ।
उनले सात अफ्रिका कप अफ नेसन्स खेले । घानालाई २००८ मा तेस्रो र २०१० र २०१५ मा उपविजेता बनाए । अफ्रिकी फुटबल कन्फेडेरेसनले जियानलाई ‘खेलको एक पूर्ण लिजेन्ड’ को रुपमा व्यँख्या गरेको छ ।
जियान घानाको र्विाधिक गोलकर्तासँगै अफ्रिकाबाट विश्वकपको समेत सर्वाधिक गोलकर्ता हुन् । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा उनले चेक गणतन्त्रमाथि २–० को जित निकालेको खेलमा ६८ सेकेन्डमै गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले उक्त विश्वकपमा कुल ६ गोल गर्न सफल भइका थिए ।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा घाना क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो । उनले उक्त विश्वकपमा कुल ३ गोल गरेका थिए । क्वाटरफाइनलको अतिरिक्त समयमा महत्वपूर्ण पेनाल्टी चुकाउँदा घाना अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्नबाट चुक्यो ।
उरुग्वेका लुइस सुआरेजले गोललाइनमा बल ह्यान्डल गरेपछि पेनाल्टी प्रदान गरिएको थियो, जुन पेनाल्टीमा जियान चुकेका थिए । जियानले ब्राजिलमा २०१४ मा भएको विश्वकपमा पनि खेलेको उनले २०१९ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
व्यवसायिक करिअरमा उनले इटालीको उडिनेस, फ्रान्सको रेनेस र इंग्ल्याण्डको सन्डरल्याण्डसँगै आबु धाबी, चीन, टर्की र भारतलगायत विभिन्न ८ देशका ११ क्लबबाट खेले ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]