2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह बी को पहिलो खेलमा लेवनानले बंगलादेशलाई हराएको छ ।

भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा लेवनानले २-० को जित निकालेको हो । आमन्त्रित टोलीको रुपमा पहिलो पटक साफ च्याम्पियनसिप खेल्न आएको लेवनानले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
लेवनानले ७९ औं मिनेटमा कप्तान हसन मातुकको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले टोलीलाई अघि बढाएका थिए । इन्ज्युरी समयको छैटौं मिनेटमा खलिल बादेरले गोल गर्दै लेवनानको जित पक्का गरे । काउन्टर अट्याकमा उनले सहजै गोल गरेका थिए ।
समूह बी तर्फ नै आज साँझ भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ए मा बुधबार नेपाल कुवेतसँग ३-१ ले पराजित हुँदा आयोजक भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]