2 years ago
June 24, 2023
एजेन्सी – इटालियन क्लब एस रोमाका पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई चार खेलको प्रतिबन्ध लागेको छ । युरोपा लिगको फाइनलपछि इङ्लिस रेफ्री एन्थोनी टेलरसँग भिडेको भन्दै रोमाका प्रशिक्षक जोसे मौरिन्होलाई युइएफएले चार खेलको प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्ध खेलपछि कार पार्कमा भएको घटनासँग सम्बन्धित छ, जहाँ ६० वर्षीय मौरिन्होले टेलरलाई गालीगलौज गरेका थिए । खेल दौरान नै आफ्नो निर्णयमा असन्तुष्टि जनाएपछि मौरिन्होलाई रेफ्री टेलरले पहेलो कार्ड देखाएका थिए ।
युरोपा लिगको फाइनलमा स्पेनिस क्लब सेभियाले रोमालाई निर्धारित र थप गरिएको समयमा १–१ गोलको बराबरीपछि टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि जितेको थियो ।
मौरिन्होलाई अपमानजनक वा अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ । खेल दौरान दुवै क्लबले आफ्ना फ्यान र खेलाडीको आचरणलाई लिएर धेरै आरोपको सामना गर्नुपरेको थियो ।
यस्तै युइएफएले रोमालाई अर्को सिजनको एउटा युरोपेली खेलमा समर्थकलाई टिकटसँगै ५५ हजार युरो जरिवाना गरिएको छ ।खेलको क्रममा टेलरले फोर्थ अफिसियल माइकल ओलिभरसँग छलफल गर्दै मौरिन्होलाई पहेलो कार्ड देखाइएको थियो ।
उक्त खेलमा टेलरले १३ खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए । जुन युरोपा लिगको खेलमा सबैभन्दा धेरै बुकिङ हो । जसमध्ये सात रोमाका खेलाडीलाई थियो । मौरिन्होले खेलपछि पत्रकार सम्मेलनमा टेलरको आलोचना गरे र पछि स्टेडियम मुनि कार पार्कमा अभद्र व्यवहार गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]