default_image

2 years ago

June 23, 2023

मुख्यमन्त्री कप फुटबल- उपाधिका लागि इलाम र संखुवासभा भिड्ने

363 views

0 Bookmark

हिमाल खरेल,ओखलढुंगा

इलाम र संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विजयी हुँदै इलाम र संखुवासभाले एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा पहिलो सेमिफाइनलमा ओखलढुंगालाई १–० ले हराउँदै इलाम अन्तिम दुईमा पुगेको हो ।

खेलको ३९ औँ मिनेटमा इलामका विशाल तामाङले गरेको गोल नै निर्णायक भयो । खेलको म्यान अफ द म्याच उनै विशाल भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र दुर्गाबक्स गणका प्रमुखसेनानी ४ हजार रुपैयाँ र मेडल प्रदान गरे ।

दोस्रो सेमिफाइनल खेलमा खोटाङलाई १–० ले हराउँदै संखुवभसभा फाइनलमा पुगेको हो । खेलको २५ औँ मिनेटमा संखुवभसभाका मन्दिप राईले गोल गर्दै फाइनल यात्रा पक्का गरे । मन्दिप खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र जिल्ला समन्वय समिति ओखलढुंगाका उपप्रमुख तारा कार्कीले ४ हजार रुपैयाँ र मेडल प्रदान गरे । फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले ५ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.