default_image

2 years ago

June 24, 2023

पोर्चुगिज मिडफिल्डर कीर्तिमानी मुल्यमा अल हिलालमा अनुबन्धित

391 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर रुवेन नेभेस क्लबको कीर्तिमानी मुल्यमा साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।

ल हिलालले २६ वर्षीय नेभेसलाई इंग्लिस क्लब वल्भ्सबाट क्लबको कीर्तिमानी मुल्य ४७ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । वल्भ्समा सम्झौता अवधि अझै एक सिजन बाँकी रहेपनि उनले ६ वर्षको मोलिनक्स बसाई बिट मारेका हुन् ।

नेभेस साउदी अरेबियाको प्रो लिगका लागि युरोपेली क्लब छोड्ने पछिल्लो ठूला खेलाडी हुन् । यस महिनाको सुरुमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर अल इतिहादमा अनुबन्धित भइसकेका छन् ।

गत जनवरीमा रोनाल्डोले अल नासर पुगेसँगै युरोपको शीर्ष डिभिजनमा सानदार प्रदर्शन गरिरहेका खेलाडीहरुको गन्तव्य साउदी अरेबिया बनेको छ ।

चेल्सीका गोलकिपर एडुआर्ड मेन्डी पनि अल अहलीमा अनुबन्ध नजिक रहँदा म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा अल–हिलालले लक्षित गरिहेको छ ।

नेभेसले गत सिजनको अन्त्यमा बार्सिलोनाबाट खेल्ने आफ्नो महत्वाकांक्षी रहेको बताएपनि बार्सिलोनाले कुनै प्रक्रिया नै अघि बढाएन । अल–हिलालले भुक्तान गरेको शुल्क सन् २०२० मा लिभरपुलले डिएगो जोटालाई तिरेको भन्दा बढी हो ।

नेभेस सन् २०१७ मा पोर्चुगिज क्लब पोर्टाेबाट च्याम्पियनसिप क्लब वल्भ्समा अनुबन्ध भएका थिए । नेभेसकै समय २०१७–१८ मा वल्भ्स च्याम्पियनसिपबाट शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको थियो । नेभेसले वल्भ्समा ६ सिजन बिताउँदा २५३ खेलमा ३० गोल गरेका छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.