default_image

2 years ago

June 24, 2023

पोर्चुगिज मिडफिल्डर कीर्तिमानी मुल्यमा अल हिलालमा अनुबन्धित

401 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर रुवेन नेभेस क्लबको कीर्तिमानी मुल्यमा साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।

ल हिलालले २६ वर्षीय नेभेसलाई इंग्लिस क्लब वल्भ्सबाट क्लबको कीर्तिमानी मुल्य ४७ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । वल्भ्समा सम्झौता अवधि अझै एक सिजन बाँकी रहेपनि उनले ६ वर्षको मोलिनक्स बसाई बिट मारेका हुन् ।

नेभेस साउदी अरेबियाको प्रो लिगका लागि युरोपेली क्लब छोड्ने पछिल्लो ठूला खेलाडी हुन् । यस महिनाको सुरुमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर अल इतिहादमा अनुबन्धित भइसकेका छन् ।

गत जनवरीमा रोनाल्डोले अल नासर पुगेसँगै युरोपको शीर्ष डिभिजनमा सानदार प्रदर्शन गरिरहेका खेलाडीहरुको गन्तव्य साउदी अरेबिया बनेको छ ।

चेल्सीका गोलकिपर एडुआर्ड मेन्डी पनि अल अहलीमा अनुबन्ध नजिक रहँदा म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा अल–हिलालले लक्षित गरिहेको छ ।

नेभेसले गत सिजनको अन्त्यमा बार्सिलोनाबाट खेल्ने आफ्नो महत्वाकांक्षी रहेको बताएपनि बार्सिलोनाले कुनै प्रक्रिया नै अघि बढाएन । अल–हिलालले भुक्तान गरेको शुल्क सन् २०२० मा लिभरपुलले डिएगो जोटालाई तिरेको भन्दा बढी हो ।

नेभेस सन् २०१७ मा पोर्चुगिज क्लब पोर्टाेबाट च्याम्पियनसिप क्लब वल्भ्समा अनुबन्ध भएका थिए । नेभेसकै समय २०१७–१८ मा वल्भ्स च्याम्पियनसिपबाट शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको थियो । नेभेसले वल्भ्समा ६ सिजन बिताउँदा २५३ खेलमा ३० गोल गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.