2 years ago
June 25, 2023
एजेन्सी – इंग्लिस क्लब न्यूक्यासल युनाइटेड इटालीका मिडफिल्डर सान्द्रो टोनालीलाई अनुबन्ध नजिक पुगेकोछ । न्यूक्यासलले सान्द्रो टोनालीलाई इटालियन सिरी ए क्लब एसी मिलानबाट अनुबन्ध गर्न नजिक पुगेको उनका एजेन्टले बताएका छन् ।

२३ वर्षीय टोनालीले न्यूक्यासलमा ६ वर्षको हस्ताक्षर गर्ने र केही दिनमा नै मेडिकल लगायत कागजी प्रक्रिया पूरा गरिने अपेक्षा गरिएको छ ।
इटालियन मिडियासँग कुराकानीमा टोनालीका एजेन्ट ज्युसेप रिसोले एड–अनहरूसहित ८० मिलियन युरोमा स्थानान्तरण हुन सक्ने बताए । उनले दुवै पक्षबीच अन्तिम बिवरणमा सहमति भईरहेको बताए ।
न्युक्यासल र टोनालीबीच व्यक्तिगत सम्झौता भएको रिसोले बताए । टोनालीले मिलानलाई २०२१–२२ मा इटालियन उपाधि जिताउन मद्दत गरे र गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने टोलीको हिस्सा बने ।
टोनालीले ब्रेसियाबाट व्यवसायिक खेल करिअर शुरु गरे । ब्रेसिया २०१९–२० को सिजनमा सिरी ‘ए’ मा बढुवा भएको थियो । तर, क्लब अर्काे सिजन नै रेलिगेसनमा पर्यो । ब्रेसिया रेलिगेसनमा परेपनि उच्च प्रदर्शन गरिरहेका उनले इटालीको सिनियर राष्ट्रिय टोलीमा डेब्युको मौका पाए ।
उनी २०२० को समरमा लोनमा एसी मिलानमा सामेल भए र अर्को वर्ष यस कदमलाई स्थायी बने । क्लबले २०२२ मा इटालियन उपाधि जित्दा उनले ३६ खेलमा पाँच गोल गरे । उनले यो सिजन मिलानबाट ४८ खेल खेल्दा २ गोल गरे । उनले इटालीका लागि १४ क्याप जितिसकेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]