2 years ago
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको जितसँगै भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलको समिकरण पूरा भएको छ ।

कान्तिरभा फुटबल मैदानमा बुधबार भएको खेलमा भुटानलाई ३–१ ले हराउँदै बंगलादेश समूह बीको उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सन् २००९ पछि बंगलादेश पहिलो पटक साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्न सफल भएको हो । त्यसअघि भएको खेलमा लेवननले माल्दिभ्सलाई १–० ले हराउँदै समूह बीको विजेता बनेको थियो । अब सेमिफाइनलमा लेवनाने भारतको र बंगलादेशले कुवेतको सामना गर्नेछ ।
भुटान यसअघि नै प्रतियोगितबाट बाहिरिसकेको थियो भने लेवननसँगको हारपछि माल्दिभ्स पनि बाहिरिएको छ । भुटाने १२ औं मिनेटमा लिएको अग्रता जोगाउन सकेन । नाम्गेलको गोलमा भुटान अघि लागेको थियो । शेख मोर्सलिनले २२ औं मिनेटमा बराबरी गोल गर्दै बंगलादेशाई खेलमा फर्काएका थिए ।
३१ औं मिनेटमा फिन्त्सु जिग्मेको आत्मघाती गोलमा बंगलादेशले अग्रता बबबनाएको ३६ औं मिनेटमा रविक हुसेनले गोल गरेपछि बंगलादेशको अग्रता बढेको थियो । अघिल्लो खेल माल्दिभ्सविरुद्ध खेलमा पछि परेको बंगलादेशले नतिजा उल्टाएको थियो । समूह चरणमा लेवनानको ९ अंक, बंगलादेशको ६ अंक रह्यो । बाहिरिएको माल्दिभ्सको ३ अंक र भुटान अंक विहिन रह्यो ।
अब शनिबार हुने पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेवनानबीच हुनेछ । समूह एबाट नेपाल र पाकिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]