default_image

2 years ago

July 2, 2023

साफ खेलेका ६ खेलाडी बिना प्रारम्भिक टोली घोषणा

339 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीबाट ६ खेलाडी बाहिरिएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले आइतबार विश्वकप छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा यी खेलाडीलाई बाहिर राख्ने निर्णय लिएका हुन् ।

ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा उनले टोलीमा खेलाडी छनोट गरेका हुन् । साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरत्रय पुजन उपरकोटी, नविन लामा र मणि लामा तथा फरवार्ड दिपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन् । विशालले राष्ट्रिय टोली करिअरबाट बिदा लिने चर्चा चल्दा अन्य खेलाडी भने अष्ट्रेलिया प्रस्थान गर्ने सम्भावना छ ।

नेपालले अक्टोबरमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । दुई लेगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र दोस्रो चरणमा नेपाल छनोट हुनेछ ।

३० सदस्यीय प्रारम्भिक टोली :

गोलरक्षक : किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल, दिप कार्की

डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिश रत्न छुन्जु

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.