default_image

2 years ago

July 4, 2023

नेपाललाई हराएका भारत र कुवेत फाइनल खेल्दै

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को फाइनलमा मंगलबार आयोजक भारत र कुवेत भिड्दैछन् । समूह चरणमा नेपाललाई हराएका यी दुई टोलीबीच बेंगलोरको कन्तिरभा रंगशालामा साँझ ७:३० बजे उपाधि भिडन्त हुनेछ ।

भारतले सेमिफाइनलमा लेवनानमाथि टाइब्रेकरमा जित हासिल गरेको थियो । समूह ए को उपविजेता भारतले गोलरहित बराबरीपछि सुटआउटमा ४-२ को जित हासिल गरेको थियो । कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा गोल नगरेको सेमिफाइनल एकमात्र खेल थियो ।

यता कुवेतले बंगलादेशलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थप गरिएको समयको पहिलो हाफमा कुवेतले विजयी गोल गरेको थियो ।

भारत र कुवेतबीच समूह चरणमा भएको खेल बराबरीमा सकिएको थियो । भारतले सुनिल क्षेत्रीको गोलमा अग्रता लिएपनि इन्ज्युरी समयमा आत्मघाती गोलले घरेलु टोलीलाई समूह विजेता बन्न बन्चित गरेको थियो ।

समूह चरणमा नेपाल भारत र कुवेत दुवैसँग पराजित भएको थियो । कुवेतविरुद्ध ३-१ को हार बेहोरेको नेपाल भारतसँग २-० ले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो ।

भारत लगातार दोस्रो पटक र समग्रमा नवौं पटक उपाधि जित्न चाहन्छ । आमन्त्रित टोलीको रुपमा आएको कुवेत भने इतिहास बनाउने सुरमा रहनेछ ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.