default_image

2 years ago

July 4, 2023

नेपाललाई हराएका भारत र कुवेत फाइनल खेल्दै

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को फाइनलमा मंगलबार आयोजक भारत र कुवेत भिड्दैछन् । समूह चरणमा नेपाललाई हराएका यी दुई टोलीबीच बेंगलोरको कन्तिरभा रंगशालामा साँझ ७:३० बजे उपाधि भिडन्त हुनेछ ।

भारतले सेमिफाइनलमा लेवनानमाथि टाइब्रेकरमा जित हासिल गरेको थियो । समूह ए को उपविजेता भारतले गोलरहित बराबरीपछि सुटआउटमा ४-२ को जित हासिल गरेको थियो । कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा गोल नगरेको सेमिफाइनल एकमात्र खेल थियो ।

यता कुवेतले बंगलादेशलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थप गरिएको समयको पहिलो हाफमा कुवेतले विजयी गोल गरेको थियो ।

भारत र कुवेतबीच समूह चरणमा भएको खेल बराबरीमा सकिएको थियो । भारतले सुनिल क्षेत्रीको गोलमा अग्रता लिएपनि इन्ज्युरी समयमा आत्मघाती गोलले घरेलु टोलीलाई समूह विजेता बन्न बन्चित गरेको थियो ।

समूह चरणमा नेपाल भारत र कुवेत दुवैसँग पराजित भएको थियो । कुवेतविरुद्ध ३-१ को हार बेहोरेको नेपाल भारतसँग २-० ले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो ।

भारत लगातार दोस्रो पटक र समग्रमा नवौं पटक उपाधि जित्न चाहन्छ । आमन्त्रित टोलीको रुपमा आएको कुवेत भने इतिहास बनाउने सुरमा रहनेछ ।

April 28, 2025

लिभरपुललाई‌ प्रिमियर लिग उपाधि

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन […]

April 27, 2025

गोदावरी मेयर कप यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]

April 27, 2025

महिला फुटबल टोलीको प्रशिक्षणमा ४८ खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण अर्को साता सुरु हुने भएको भएको छ। एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणका लागि बैशाख २१ गते (मे ४ ) देखि बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको […]

Success

Thank you for your time.