2 years ago
July 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बैंगलरुको कान्तिरभा रंगशालामा मंगलबार कुवेतलाई सडन डेथमा हराउँदै भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

निर्धारित समय र थप ३० मिनेटमा १–१ को बराबरी र टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । जहाँ भारतीय गोलकिपर गुरप्रित सिंह नायक रहे । उनले विपक्षी कप्तानको प्रहारलाई रोक्दै टोलीको जित निश्चित गरेका थिए । सडन डेथमा भारतका लागि भने महेश सिंहले गोल गरेका थिए ।
टाइब्रेकरमा भारतका लागि कप्तान सुनिल क्षेत्री, सन्देश झिन्गन, ललियान्जुला, सुबासिस बोस गोल गर्न सफल भए । उदान्त सिंहको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । कुवेतका लागि मोहम्मद अब्दुल्ला पहिलो पेनाल्टीमै गोल गर्न असफल भए । उनको प्रहार क्रसबारमा लागेको थियो । त्यसपछि फवाज अलोलाइबी, अहमद अजिज, अबदुल्ला महरान र साबाहिब अलखाल्दी गोल गर्न सफल भएका थिए । सडन डेथमा कप्तान खालिद हजियाको प्रहार भारतका गोलकिपरले रोके ।
त्यसअघि खेलको १४ औं मिनेटमा साबाहिब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै भारत ललियान्जुला चाग्तेले ३९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उत्कृष्ट तालमेलको प्रदर्शन गर्ने क्रममा गोल गर्दै भारत खेलमा फर्किएको थियो ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेवननको सहभागिता रहेको थियो । लेवननलाई सेमिफाइनलमा भारतले टाइब्रेकरमा हराएको थियो । कुवेत र भारत एकै समूहबाट अघि बढ्दै फाइनल पुगेको थियो ।
भारतले यसअघि सन् १९९३,१९९७,१९९९,२००५,२००९,२०११,२०१५ र २०२१ मा साफ च्याम्पियनसिप जितेको थियो । साफ च्याम्पियनसिपको चौधौं संस्करण समाप्तीमा भारतले सबैभन्दा बढी ९, माल्दिभ्सले २ तथा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक उपाधि जितेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]