2 years ago
July 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बैंगलरुको कान्तिरभा रंगशालामा मंगलबार कुवेतलाई सडन डेथमा हराउँदै भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

निर्धारित समय र थप ३० मिनेटमा १–१ को बराबरी र टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । जहाँ भारतीय गोलकिपर गुरप्रित सिंह नायक रहे । उनले विपक्षी कप्तानको प्रहारलाई रोक्दै टोलीको जित निश्चित गरेका थिए । सडन डेथमा भारतका लागि भने महेश सिंहले गोल गरेका थिए ।
टाइब्रेकरमा भारतका लागि कप्तान सुनिल क्षेत्री, सन्देश झिन्गन, ललियान्जुला, सुबासिस बोस गोल गर्न सफल भए । उदान्त सिंहको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । कुवेतका लागि मोहम्मद अब्दुल्ला पहिलो पेनाल्टीमै गोल गर्न असफल भए । उनको प्रहार क्रसबारमा लागेको थियो । त्यसपछि फवाज अलोलाइबी, अहमद अजिज, अबदुल्ला महरान र साबाहिब अलखाल्दी गोल गर्न सफल भएका थिए । सडन डेथमा कप्तान खालिद हजियाको प्रहार भारतका गोलकिपरले रोके ।
त्यसअघि खेलको १४ औं मिनेटमा साबाहिब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै भारत ललियान्जुला चाग्तेले ३९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उत्कृष्ट तालमेलको प्रदर्शन गर्ने क्रममा गोल गर्दै भारत खेलमा फर्किएको थियो ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेवननको सहभागिता रहेको थियो । लेवननलाई सेमिफाइनलमा भारतले टाइब्रेकरमा हराएको थियो । कुवेत र भारत एकै समूहबाट अघि बढ्दै फाइनल पुगेको थियो ।
भारतले यसअघि सन् १९९३,१९९७,१९९९,२००५,२००९,२०११,२०१५ र २०२१ मा साफ च्याम्पियनसिप जितेको थियो । साफ च्याम्पियनसिपको चौधौं संस्करण समाप्तीमा भारतले सबैभन्दा बढी ९, माल्दिभ्सले २ तथा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक उपाधि जितेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]