2 years ago
July 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– भारतमा मंगलबार सम्पन्न चौधौं साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । च्याम्पियनसिपको समापनका क्रममा नेपाललाई फेयर प्ले अवार्ड दिने घोषणा गरिएको थियो । भारत र कुवेतबीचको फाइनल सन्चालन गरेका नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड ग्रहण गरेका थिए ।

साफ च्याम्पियनसिपमा अघिल्लो संस्करणको उपविजेता रहेको नेपाली टोली यसपटक भने समूह चरणबाटै बाहिरिएको थियो । कुवेतसँगको पहिलो खेल ३–१, भारतसँगको दोस्रो खेल २–० ले गुमाएको नेपालले अन्तिम खेलमा भने पाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।
भारतीय टोलीका कप्तान सुनिल क्षेत्री च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी घोषित भए । ५ गोल गरेका सुनिल च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता समेत रहे । बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले गोल्डेन ग्लोभ अवार्ड प्राप्त गरे ।
सडन डेथमा कुवेतलाई ५–४ ले हराउँदै भारत नवौं चरण च्याम्पियन बनेको थियो । बैंगलुरु रंगशालामा निर्धारित समय र थप समय १–१ को बराबरीपछि टाइब्रेकर भएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि सडन डेथमा भारतले बाजी मारेको थियो ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेवननको सहभागिता रहेको थियो । लेवननलाई सेमिफाइनलमा भारतले टाइब्रेकरमा हराएको थियो । कुवेत र भारत एकै समूहबाट अघि बढ्दै फाइनल पुगेको थिए ।
फिफाको प्रतिबन्धका कारण यसपटक श्रीलंकाको सहभागिता थिएन । त्यसबाहेक दक्षिण एसियाका ६ राष्ट्र नेपाल, आयोजक भारत, बंगलादेश, पाकिस्तान, भुटान र माल्दिभ्स तथा कुवेत र लेवनान गरि ८ टोलीको सहभागिता थियो ।
भारतले यसअघि सन् १९९३,१९९७,१९९९,२००५,२००९,२०११,२०१५ र २०२१ मा साफ च्याम्पियनसिप जितेको थियो । साफ च्याम्पियनसिपको चौधौं संस्करण समाप्तीमा भारतले सबैभन्दा बढी ९, माल्दिभ्सले २ तथा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक उपाधि जितेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]