2 years ago
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि अघिल्लो दिन त्यहाँ पुगेको नेपाली महिला राष्ट्रिय टोलीले बुधबार अभ्यास गरेको छ । नेपाल र बंगलादेशबीचको पहिलो खेल बुधबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा साँझ ५ः४५ बजे सुरु हुनेछ ।

गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशले एक अर्काको सामना गर्दैछन् । पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।
त्यति बेला आफ्ना आफ्नो टोलीको कप्तानी गरेका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको नेतृत्वमा नेपाल र फरवार्ड सविना खातुनको नेतृत्वमा बंगलादेश मैत्रीपूर्ण खेलमा उत्रने सम्भावना छ ।

नेपाली महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा
मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (
गोलकिपर प्रशिक्षक)
व्यवस्थापक – विन्द्रा देवान
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]