2 years ago
July 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल फेरि एक पटक हारबाट जोगिएको छ । बंगलादेशविरुद्ध बिहिबार १–० ले पछि परेको अवस्थालाई उल्टाउने क्रममा सावित्राले ४ मिनेट थपिएको इन्जुरी समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन् ।

नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको छ । विपक्षी खेलाडीले बल क्लियर गर्न नसकेको फाइदा उठाउँदै सावित्राले गोल गरेकी हुन् । यसअघि केहि महिना अघि भारतविरुद्ध २–० ले पछि परेको खेलमा सावित्राले २ गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । राष्ट्रिय टोलीबाट सावित्राको त्यो ४४ औं गोल हो ।
ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा कप्तान सविना खातुनको गोलबाट बंगालदेशले अग्रता लिएको थियो । ६५ औं मिनेटमा उत्कृष्ट तालमेलसहित सविनाले पेनाल्टी बक्सबाट गोल गरेकी थिइन् । सरु लिम्बुको मिस पासमा प्राप्त बललाई अघि बढाउँदै बंगालदेशका खेलाडी नेपाली रक्षापक्तिको कमजोरीको फाइदा उठाउन सफल भएका थिए ।
गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछिको पहिलो भेटमा नेपाली टोलीले हार बेहोरेको थियो । त्यति बेला पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो ।
नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । फिफा डेटमा भएको नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]