default_image

2 years ago

July 16, 2023

नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज

281 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो अन्र्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाल समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

तस्बिर सौजन्य- एनएसजेएफ

फिफा डेटमा भइरहेको मैत्रीपूर्ण खेलको पहिलो खेल बिहीबार भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । बंगलादेशको गर्मी मौसमका कारण केहि कठिनाई भएपनि आक्रमण फुटबल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले बताएका छन् ।

उनले बंगलादेश हालको साफ च्याम्पियन टोली रहेको उल्लेख गर्दै भने, ‘मैले भन्दै आएको छु पछिल्लो केहि वर्षमा बंगलादेशले महिला फुटबलमा राम्रो गरिरहेको छ । त्यसै कारण साफ च्याम्पिनसिपको च्याम्पियन टोली हो । टोलीको हामी सम्मान गर्छौ । जहाँ सम्म खेलको कुरा छ हामी जित्नका लागि हरसम्भव प्रयास गर्नेछौं ।’

सावित्रा भण्डारी सम्बाले इन्जुरी समयमा गोल गर्दै पहिलो खेलमा नेपाललाई हारबाट जोगाएकी थिइन् । बंगलादेशकी कप्तान सविना खातुनले पहिलो हाफमा गोल गर्दै नेपालमाथि दबाब दिएकी थिइन् । ४ मिनेट थप इन्जुरी समयमा सावित्राले गोल गर्दै टोलीको हार टारेकी थिइन् ।

तस्बिर सौजन्य- एनएसजेएफ

गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपपछि बिहबिार यि दुई टोलीले एकअर्काको सामना गरेका थिए । त्यति बेला पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।

नेपाल र बंगलादेशबीच यसअघि १० पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ६ पटक जितेको थियो भने ३ खेल बराबरीमा टुंगिएको थियो । एक मात्र खेलमा बंगलादेश विजयी भएको थियो ।

नेपाली महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (
गोलकिपर प्रशिक्षक)

व्यवस्थापक – विन्द्रा देवान

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.