2 years ago
July 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आइतबार दोस्रो मैत्रीपुर्ण खेलमा बंगलादेशको सामना गर्दैछ । खेलका लागि प्रशिक्षक अनन्तराज थापाले पछिल्लो खेलबाट तीन परिवर्तन गर्दै सुरुवाती ११ घोषणा गरेका छन् ।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समयअनुअर साँझ ५:१५ बजे सुरु हुनेछ। पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका रेनुका नगरकोटे, प्रिती राई र अमिसा कार्कीलाई आजको खेलमा विश्राम दिइएको छ ।
फरवार्ड रश्मी कुमारी घिसिङ र अनिता बस्नेत तथा मिडफिल्डमा अनिता केसीले सुरुवाती रोजाइमा स्थान बनाएका छन् । बंगलादेशविरुद्ध आक्रमणमा सावित्रा भण्डारीलाई रश्मी र अनिता बस्नेतले साथ दिनेछन् ।
मिडफिल्डमा सरु लिम्बु, दिपा शाही र अनिता केसी रहनेछन् । डिफेन्समा मुख्य प्रशिक्षकले पहिलो खेलका खेलाडीलाई नै निरन्तरता दिएका छन् । अमृता जैशी र समिक्षा घिमिरे सेन्टर डिफेन्स तथा विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन् । गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा रहनेछिन् ।
वैकल्पिक खेलाडीमा डिफेन्डर गीता राना, पुजा राना, निशा थोकर, अञ्चली वाइवा, मिडफिल्डर, विमला चौधरी, सविता रानामगर, रेनुका नगरकोटे, प्रिती राई, अमिसा कार्की बेन्चमा छन् । यस्तै फरवार्ड रेखा पौडेल, तथा गोलरक्षक अञ्जना राना मगर र उषा नाथ वैकल्पिक खेलाडीको रुपमा रहनेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]