default_image

2 years ago

July 16, 2023

बंगलादेशविरुद्ध नेपालको तीन खेलाडी परिवर्तन

379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आइतबार दोस्रो मैत्रीपुर्ण खेलमा बंगलादेशको सामना गर्दैछ । खेलका लागि प्रशिक्षक अनन्तराज थापाले पछिल्लो खेलबाट तीन परिवर्तन गर्दै सुरुवाती ११ घोषणा गरेका छन् ।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समयअनुअर साँझ ५:१५ बजे सुरु हुनेछ। पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका रेनुका नगरकोटे, प्रिती राई र अमिसा कार्कीलाई आजको खेलमा विश्राम दिइएको छ ।

फरवार्ड रश्मी कुमारी घिसिङ र अनिता बस्नेत तथा मिडफिल्डमा अनिता केसीले सुरुवाती रोजाइमा स्थान बनाएका छन् । बंगलादेशविरुद्ध आक्रमणमा सावित्रा भण्डारीलाई रश्मी र अनिता बस्नेतले साथ दिनेछन् ।

मिडफिल्डमा सरु लिम्बु, दिपा शाही र अनिता केसी रहनेछन् । डिफेन्समा मुख्य प्रशिक्षकले पहिलो खेलका खेलाडीलाई नै निरन्तरता दिएका छन् । अमृता जैशी र समिक्षा घिमिरे सेन्टर डिफेन्स तथा विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन् । गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा रहनेछिन् ।

वैकल्पिक खेलाडीमा डिफेन्डर गीता राना, पुजा राना, निशा थोकर, अञ्चली वाइवा, मिडफिल्डर, विमला चौधरी, सविता रानामगर, रेनुका नगरकोटे, प्रिती राई, अमिसा कार्की बेन्चमा छन् । यस्तै फरवार्ड रेखा पौडेल, तथा गोलरक्षक अञ्जना राना मगर र उषा नाथ वैकल्पिक खेलाडीको रुपमा रहनेछन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.