default_image

2 years ago

July 17, 2023

महिला फुटबल टोली स्वदेश आइपुग्यो

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेर नेपाली महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्केको छ ।

फिफा डेटमा भएको यि दुई टोलीबीच आइतबार भएको दोस्रो खेलमा वैकल्पिक गोलकिपर अन्जना राना मगरको उच्च प्रदर्शनाबाट प्रेरित नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको थियो ।

टाइब्रेकरमा आफू गोल गर्नबाट चुकेपनि अन्जनाले बंगलादेशका दुई खेलाडीको पेनाल्टी रोक्दै जितको आधार तयार गरेकी थिइन् । पेनाल्टीमा सावित्रा भण्डारी साम्बा, हिराकुमारी भुजेल, दीपा शाही र अनिता केसीले भने गोल गरेका थिए ।

त्यसअघि बिहीबारको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो । बंगलादेशकी कप्तान सविना खातुनले गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएकी थिइन् । साम्बाले इन्जुरी समयमा गोल फर्काउँदै खेललाई बराबरी गरेकी थिइन् । ४५ अन्तर्राष्ट्रिय खेलमा साम्बाको गोल संख्या ४४ पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीको स्वागत गरेका थिए । महिला टोली अब असोजमा चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा जुट्नेछ । त्यस टोलीको मुख्य प्रशिक्षक भने बालगोपाल महर्जन रहेका छन् ।

नेपाली महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (
गोलकिपर प्रशिक्षक)

व्यवस्थापक – विन्द्रा देवान

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.