default_image

2 years ago

July 17, 2023

महिला फुटबल टोली स्वदेश आइपुग्यो

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेर नेपाली महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्केको छ ।

फिफा डेटमा भएको यि दुई टोलीबीच आइतबार भएको दोस्रो खेलमा वैकल्पिक गोलकिपर अन्जना राना मगरको उच्च प्रदर्शनाबाट प्रेरित नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको थियो ।

टाइब्रेकरमा आफू गोल गर्नबाट चुकेपनि अन्जनाले बंगलादेशका दुई खेलाडीको पेनाल्टी रोक्दै जितको आधार तयार गरेकी थिइन् । पेनाल्टीमा सावित्रा भण्डारी साम्बा, हिराकुमारी भुजेल, दीपा शाही र अनिता केसीले भने गोल गरेका थिए ।

त्यसअघि बिहीबारको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो । बंगलादेशकी कप्तान सविना खातुनले गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएकी थिइन् । साम्बाले इन्जुरी समयमा गोल फर्काउँदै खेललाई बराबरी गरेकी थिइन् । ४५ अन्तर्राष्ट्रिय खेलमा साम्बाको गोल संख्या ४४ पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीको स्वागत गरेका थिए । महिला टोली अब असोजमा चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा जुट्नेछ । त्यस टोलीको मुख्य प्रशिक्षक भने बालगोपाल महर्जन रहेका छन् ।

नेपाली महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (
गोलकिपर प्रशिक्षक)

व्यवस्थापक – विन्द्रा देवान

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.