default_image

2 years ago

July 18, 2023

अल नासर ५-० ले पराजित

406 views

0 Bookmark

एजेन्सी – साउदी क्लब अल नासरले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सोमबार स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को फराकिलो हार बेहोरेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोले सुरुवात गरेको खेलमा क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचले पनि डेब्यु गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने सेल्टाले गोलको वर्षा गरेको थियो ।

क्रिस्टियानोले पहिलो हाफमा पाएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा अल नासर अग्रता लिनबाट चुकेको थियो । त्यही गल्ति दोस्रो हाफमा टोलीलाई महँगो पर्यो । रोनाल्डोले खेलको पहिलो हाफ मात्र खेलेका थिए ।

सेल्टाका लागि गेल जन्सनले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मिगेल रोड्रीग्वेज र जोर्गेन लार्सनले २-२ गोल थप्दै स्पेनिस टोलीको फराकिलो जित पक्का गरे ।

अल नासरले अब मैत्रीपूर्ण खेलमा युरोपेली च्याम्पियन्स लिग क्लबहरु बेन्फिका, पेरिस सेन्ट जर्मेन र इन्टर मिलानको सामना गर्नेछ ।

अल नासरले नयाँ सिजनका लागि मैत्रीपूर्ण खेलबाट टोली थप बलियो बनाउने प्रयास गर्दैछ । फिफाले अल नासरलाई नयाँ खेलाडी दर्ता गर्न प्रतिबन्ध लगाएपछि टोलीले उपलब्ध खेलाडीबाट नै नयाँ सिजन खेल्नुपर्ने भएको हो ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.