default_image

2 years ago

July 18, 2023

महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच प्रायोजन सम्झौता भएको छ ।

युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख‌ रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । मंगलबार‌ एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

राष्ट्रिय टोलीकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले महिला टोलीलाई प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद दिइन् । एन्फा अध्यक्ष नेम्वाङले पनि प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद दिए । उनले यो सम्झौता नेपाली महिला फुटबल विकासमा नयाँ अध्यायको रुपमा रहने बताए ।

युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले एकजुट भएर फुटबल विकासमा लाग्न यो सम्झौता गरेको बताए । उनले नेपालको विश्वकप खेल्ने सपना महिला फुटबलले पूरा गर्नेमा आशावादी रहेको अभिव्यक्ति दिए ।

युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले युनिलिभरलाई सहयोगका लागि धन्यवाद दिँदै राष्ट्रले आवश्यक सहयोग गर्न नसकेकोमा निजि क्षेत्रको सहयोगलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपाली महिला राष्ट्रिय टोली अष्ट्रेलिया र न्युजील्याण्डमा हुने विश्वकपमा सहभागी हुन लागेकोमा शुभकामना पनि दिए । तर नेपाल विश्वकप छनोटको पहिलो चरण नै पार गर्न सकेको थिएन ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.