default_image

2 years ago

July 18, 2023

महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच प्रायोजन सम्झौता भएको छ ।

युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख‌ रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । मंगलबार‌ एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

राष्ट्रिय टोलीकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले महिला टोलीलाई प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद दिइन् । एन्फा अध्यक्ष नेम्वाङले पनि प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद दिए । उनले यो सम्झौता नेपाली महिला फुटबल विकासमा नयाँ अध्यायको रुपमा रहने बताए ।

युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले एकजुट भएर फुटबल विकासमा लाग्न यो सम्झौता गरेको बताए । उनले नेपालको विश्वकप खेल्ने सपना महिला फुटबलले पूरा गर्नेमा आशावादी रहेको अभिव्यक्ति दिए ।

युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले युनिलिभरलाई सहयोगका लागि धन्यवाद दिँदै राष्ट्रले आवश्यक सहयोग गर्न नसकेकोमा निजि क्षेत्रको सहयोगलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपाली महिला राष्ट्रिय टोली अष्ट्रेलिया र न्युजील्याण्डमा हुने विश्वकपमा सहभागी हुन लागेकोमा शुभकामना पनि दिए । तर नेपाल विश्वकप छनोटको पहिलो चरण नै पार गर्न सकेको थिएन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.