default_image

2 years ago

July 19, 2023

फरवार्ड सावित्राको बिदाइ

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली लिगमा फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा बुधबार एक कार्यक्रममा उनलाई बिदाइ गरिएको हो । इजरायलको हापोएल रानानामा अनुबन्धित भएसँगै सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली बन्न लागेकी हुन् । उनी अगस्ट पहिलो साता त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदुत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए । उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन् । उनले युरोपेली लिगमा खेल्नु चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको अभिव्यक्ति दिइन् । दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने उनले बताइन् । उहाँले आफ्नो यो यात्रा भावि पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रस्तुत गर्ने विश्वाससहित बधाइ दिए ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.