2 years ago
July 20, 2023
सिड्नी – नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ आज (बिहीबार) देखि सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको नवौं संस्करणको विश्वकपको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।

महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । उद्घाटन समारोह न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डको इडेन पार्कमा हुँदैछ । इडेन पार्कको क्षमता ५० हजारको छ ।
यो न्युजिल्यान्डको सबैभन्दा ठूलो स्टेडियम हो । यहाँ क्रिकेट विश्वकपका साथै २०११ मा रग्बी विश्वकपको फाइनल पनि आयोजना भइसकेको छ ।
यो न्युजिल्याण्ड रग्बी युनियन टोली ‘अल ब्ल्याक्स’ को घरेलु मैदान समेत हो । इडेन पार्कमा एक सेमिफाइनल सहित ९ खेलहरू आयोजना हुँदैछ ।
उद्घाटन समारोहमा दुई कलाकारले मात्र प्रस्तुति दिनेछ । स्थानीय कलाकार न्युजिल्यान्डका र अष्ट्रेलियाका मल्लराटले उद्घाटन समारोहमा महिला विश्वकपको लागि आधिकारिक गीत प्रस्तुत गर्नेछन् ।
‘डु इट अगेन“ भन्ने गीतको उद्देश्य “महिलाको खेलकुदलाई ठूलो प्लेटफर्ममा ल्याउनमा मात्र नभई सबैमा ध्यान दिइने र समर्थन गरेकोमा पनि संलग्न दृढ संकल्प गर्ने रहेको छ ।
उद्घाटन खेलमा आयोजक न्युजिल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुदैछ । समूह ‘ए’ को यो खेल नेपाली समय अनुसार दिउँसाे १ बजेपछि हुनेछ । दुवै टोली आफ्नो समूहमा जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै पहिलो दिन समूह ‘बी’ को खेलमा अर्काे आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार दिउँसाे ३:४५ बजेपछि एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।
न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]