default_image

2 years ago

July 20, 2023

फिफा महिला विश्वकप आजदेखि, पहिलो दिन दुई खेल

551 views

0 Bookmark

सिड्नी – नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ आज (बिहीबार) देखि सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको नवौं संस्करणको विश्वकपको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।

महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । उद्घाटन समारोह न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डको इडेन पार्कमा हुँदैछ । इडेन पार्कको क्षमता ५० हजारको छ ।

यो न्युजिल्यान्डको सबैभन्दा ठूलो स्टेडियम हो । यहाँ क्रिकेट विश्वकपका साथै २०११ मा रग्बी विश्वकपको फाइनल पनि आयोजना भइसकेको छ ।

यो न्युजिल्याण्ड रग्बी युनियन टोली ‘अल ब्ल्याक्स’ को घरेलु मैदान समेत हो । इडेन पार्कमा एक सेमिफाइनल सहित ९ खेलहरू आयोजना हुँदैछ ।

उद्घाटन समारोहमा दुई कलाकारले मात्र प्रस्तुति दिनेछ । स्थानीय कलाकार न्युजिल्यान्डका र अष्ट्रेलियाका मल्लराटले उद्घाटन समारोहमा महिला विश्वकपको लागि आधिकारिक गीत प्रस्तुत गर्नेछन् ।

‘डु इट अगेन“ भन्ने गीतको उद्देश्य “महिलाको खेलकुदलाई ठूलो प्लेटफर्ममा ल्याउनमा मात्र नभई सबैमा ध्यान दिइने र समर्थन गरेकोमा पनि संलग्न दृढ संकल्प गर्ने रहेको छ ।

उद्घाटन खेलमा आयोजक न्युजिल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुदैछ । समूह ‘ए’ को यो खेल नेपाली समय अनुसार दिउँसाे १ बजेपछि हुनेछ । दुवै टोली आफ्नो समूहमा जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै पहिलो दिन समूह ‘बी’ को खेलमा अर्काे आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार दिउँसाे ३:४५ बजेपछि एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.