2 months ago
July 20, 2023
एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सी अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीमा अनुबन्धित भइसकेका छन् । सन् २०२५ सम्मका लागि मायमीमा अनुबन्धित मेस्सीलाई पहिलो महिनामै उपाधि जित्ने अवसर जुरेको छ । मेस्सीले मायमीबाट यसै साता लिग्स कपको खेलबाट डेब्यु गर्ने बलियो सम्भावना रहेको छ । अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर […]
एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सी अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीमा अनुबन्धित भइसकेका छन् । सन् २०२५ सम्मका लागि मायमीमा अनुबन्धित मेस्सीलाई पहिलो महिनामै उपाधि जित्ने अवसर जुरेको छ ।
मेस्सीले मायमीबाट यसै साता लिग्स कपको खेलबाट डेब्यु गर्ने बलियो सम्भावना रहेको छ । अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
त्यसमध्य अमेरिकाको च्याम्पियन लस एन्जेलस एफसी र मेक्सिको पचुकाले प्रतियोगिताको नकआउट चरण पुग्न बाइ पाएका छन् । एक महिना चल्ने यस प्रतियोगिताको फाइनल अगष्ट १९ मा हुनेछ ।
सहभागी ४७ मध्य ४५ टोलीलाई ३-३ टोलीको १५ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । यी ३० टोली र नकआउट चरणमा बाइ पाएका टोली समेटेर राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्नेछन् ।
मेस्सी सम्मिलित इन्टर मायमी दक्षिण ३ समूहमा रहेको छ । यो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एटलान्टा युनाइटेड एफसी रहेका छन् । मायमीले पहिलो खेल जुलाई २१ मा क्रुज अजुलसँग खेल्दैछ । उक्त खेल नेपाली समयअनुसार शनिबार विहान ५:४५ बजे हुनेछ ।
सन् २०१९ देखि सुरु भएको यस प्रतियोगिताको पहिलो उपाधि मेक्सिकोको क्रुज अजुलले जितेको थियो । सन् २०२० मा कोभिड संक्रमणका कारण हुन नसकेको प्रतियोगिता २०२१ मा मेक्सिकोकै क्लब लिओनले जितेको थियो । सन् २०२२ मा सम्भव नहुँदा यसपटक भने सबै टोली सहभागी हुँदैछन् ।
लिग्स कपको शीर्ष ३ मा पर्ने टोलीले कन्काकाफ च्याम्पियन्स कपमा छनोट हुनेछ । यो प्रतियोगिता उत्तर, मध्य र क्यारेबियन क्षेत्रको शीर्ष क्लब प्रतियोगिता हो । युरोपमा हुने युरोपेली च्याम्पियन्स लिगजस्तै मेजर लिग सकरका क्लबले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् ।
सन् २०२० देखि आधिकारिक रुपमा प्रतिस्पर्धामा उत्रिएको मायमीलाई पहिलो उपाधि दिलाउने अवसर पनि मेस्सीसामु छ । अर्जेन्टिना र बार्सिलोनामा सँगै काम गरेका प्रशिक्षक जेरार्डो मार्टिनोसँग मेस्सीलाई नयाँ इतिहास रच्ने अवसर रहेको छ ।
September 25, 2023
वेन्झौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ अौं एसियाली खेलकुद अन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानसँग फराकिलो हार बेहोरेको छ । वेन्झौ अोलम्पिक रंगशालामा सुरुवाती मिनेटमै गोल खाएपछि दवाव खेपेको नेपाल ८-० ले पराजित भएको हो । पहिलो हाफमा ५-० को अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थप्यो । जापानको युवा […]
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरी दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा साविक उपविजेता धनगढी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । धनगढी एफसीका अध्यक्ष सुवास शाही र आशिषबीच मार्की खेलाडीको लागि सम्झौता भएको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण […]
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यू-१९ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दशरथ रंगशालामा भएको समूह बी को अन्तिम खेलमा भुटानमाथि २-१ को पूनरागमन जितसँगै भारत समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको जितमा गुगमसार गोयारी र रिकि हाओबामले समान एक एक गोल […]