2 years ago
July 20, 2023
एजेन्सी – आयोजक मध्येको एक न्युजिल्यान्डले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ ।

घरेलु टोली न्युजिल्यान्डले नर्वेलाई १–० ले पराजित गर्दै समूह ‘ए’ मा विजयी सुरुवात गरेको हो । न्युजिल्यान्डको जितमा दोस्रो हाफमा हानह विल्किन्सनले गरेको गोल नै निर्णायक बन्यो ।
न्युजिल्यान्डस्थित अकल्यान्डको इडेन पार्कमा बिहीबार भएको प्रतिस्पर्धात्मक रोमाञ्चक बनेको खेलमा विल्किन्सनले खेलको ४८औं मिनेटमा ज्याकलिन हान्डको पासमा गोल गर्न सफल भएकी थिइन् ।
अन्तिम समयमा न्युजिल्यान्डको अग्रता दोब्बर पार्ने मौका पाएपनि रिया पर्सिभलले पेनाल्टी चुकाइन् । टुभा हान्सेनलले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा हान्डको पेनाल्टी क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

यस जितसँगै न्युजिल्यान्डले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित नर्वे अंकविहीन छ । त्यसअघि नवौं संस्करणको विश्वकपको इडेन पार्कमा भव्य उद्घाटन गरिएको थियो । स्थानीय कलाकार न्युजिल्यान्डका र अष्ट्रेलियाका मल्लराटले उद्घाटन समारोहमा महिला विश्वकपको लागि आधिकारिक गीत प्रस्तुत गरेका थिए ।
अब न्युजिल्यान्डले २५ जुलाईमा फिलिपिन्स र ३० जुलाईमा स्वीट्जरल्यान्डसँग खेल्नेछ । नर्वेले २५ जुलाईमा स्वीट्जरल्यान्ड र ३० जुलाईमा फिलिपिन्ससँग खेल्नेछ ।
आज नै विश्वकपको दोस्रो खेलमा समूह ‘बी’ तर्फ अर्काे आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ बजेपछि एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]