default_image

2 years ago

July 20, 2023

महिला विश्वकप फुटबलमा अष्ट्रेलियाको विजयी सुरुवात

345 views

0 Bookmark

सिड्नी – स्टेफ क्याट्लेको निर्णायक गोलमा आयोजक अष्ट्रेलियाले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० ले पराजित गर्दै समूह ‘बी’ मा जितसहित महत्वपूर्ण ३ अंक बटुलेको हो ।अष्ट्रेलियाको सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा बिहीबार भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा स्टेफ क्याट्लेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

उनले ५२औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । कोनी क्रसले दिएको पासलाई नियन्त्रण लिने प्रयास गर्दा हेली रासोलाई आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले अष्ट्रेलियालाई पेनाल्टी प्रदान गर्दा क्याट्ले चुकिनन् ।

कीर्तिमानी ७५ हजार ७ सय ८४ जना दर्शक उपस्थित रहेको खेलमा खेलभर नै बल पोसेसन राख्दै आयरल्यानडलाई दवावमा राखेको अष्ट्रेलियाले त्यसपछि भने थप गोल गर्न नसक्दा क्याट्लेको गोल नै निर्णायक बन्यो । यस जितसँगै समूह ‘बी’ अष्ट्रेलियाले ३ अंक बटुलेको छ । पराजित आयरल्यान्ड अंकविहीन छ ।

विश्वकपमा बिहीबारै अर्काे आयोजक न्युजिल्यान्डले नर्वेलाई १–० ले हराएर विजयी शुरुवात गरिसकेको छ । न्युजिल्यान्डस्थित अकल्यान्डको इडेन पार्कमा घरेलु टोली न्युजिल्यान्डको जितमा ४८औं मिनेटमा हानह विल्किन्सनले गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै न्युजिल्यान्डले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित नर्वे अंकविहीन छ ।

शुक्रबार तीन खेलमा प्रतिस्पर्धा हुनेछ । नाइजेरिया र क्यानडा, फिलिपिन्स स्वीट्जरल्यान्ड तथा स्पेन र कोस्टा रिकाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.