2 years ago
July 20, 2023
सिड्नी – स्टेफ क्याट्लेको निर्णायक गोलमा आयोजक अष्ट्रेलियाले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० ले पराजित गर्दै समूह ‘बी’ मा जितसहित महत्वपूर्ण ३ अंक बटुलेको हो ।अष्ट्रेलियाको सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा बिहीबार भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा स्टेफ क्याट्लेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
उनले ५२औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । कोनी क्रसले दिएको पासलाई नियन्त्रण लिने प्रयास गर्दा हेली रासोलाई आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले अष्ट्रेलियालाई पेनाल्टी प्रदान गर्दा क्याट्ले चुकिनन् ।
कीर्तिमानी ७५ हजार ७ सय ८४ जना दर्शक उपस्थित रहेको खेलमा खेलभर नै बल पोसेसन राख्दै आयरल्यानडलाई दवावमा राखेको अष्ट्रेलियाले त्यसपछि भने थप गोल गर्न नसक्दा क्याट्लेको गोल नै निर्णायक बन्यो । यस जितसँगै समूह ‘बी’ अष्ट्रेलियाले ३ अंक बटुलेको छ । पराजित आयरल्यान्ड अंकविहीन छ ।
विश्वकपमा बिहीबारै अर्काे आयोजक न्युजिल्यान्डले नर्वेलाई १–० ले हराएर विजयी शुरुवात गरिसकेको छ । न्युजिल्यान्डस्थित अकल्यान्डको इडेन पार्कमा घरेलु टोली न्युजिल्यान्डको जितमा ४८औं मिनेटमा हानह विल्किन्सनले गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै न्युजिल्यान्डले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित नर्वे अंकविहीन छ ।
शुक्रबार तीन खेलमा प्रतिस्पर्धा हुनेछ । नाइजेरिया र क्यानडा, फिलिपिन्स स्वीट्जरल्यान्ड तथा स्पेन र कोस्टा रिकाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]