default_image

2 years ago

July 20, 2023

अष्ट्रेलियाको भिसा प्रक्रियालाई लिएर एन्फा पदाधिकारी र कर्मचारीबीच चर्काचर्की

422 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा महिला विश्वकप २०२३ बिहीबारबाट अष्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएको छ। नेपाली महिला राष्ट्रिय टोली छनोटको पहिलो चरणबाट बाहिरिएपनि यस प्रतियोगितालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) विविध कारणले चर्चामा रहँदै आएको छ ।

विश्वकपका लागि फिफाले उपलब्ध गराएको टिकट बाँडफाँडकै प्रक्रियालाई लिएर अनेक विवाद भएपछि कार्यसमितिबाट नै पदाधिकारी, सदस्य र अन्यका लागि टिकटको भागबण्डा गरिएको थियो । महिला विश्वकप हेर्न जानका लागि खरिद गर्ने टिकट पदाधिकारी र एन्फा सम्बद्ध व्यक्ति र संस्थालाई बाँडिएको थियो ।

टिकट खरिद गर्नेले भिसा प्रक्रिया पूरा गरेर अष्ट्रेलिया जाने क्रम सुरु भइसकेको छ । त्यसबाहेक डेढ दर्जन खेल पत्रकार पनि अधिकारिक एक्रेडिटेसन लिएर प्रतियोगिताको समाचार संकलन गर्न अष्ट्रेलिया पुगेका छन् । तर टिकट खरिद गरेर जान प्रयासमा रहेका आधा भन्दा बढीको भिसा रद्द हुँदा टिकट खरिद गर्ने कतिपय अष्ट्रेलियामा हुने विश्वकप हेर्नबाट बन्चित हुने भएका छन् ।

बिहीबार भिसा प्रक्रियाको विषयलाई लिएर एन्फामा उपाध्यक्ष दिपक खतिवडा र एन्फा कर्मचारी वसन्त रिजालबीच चर्काचर्की नै पर्यो । उपाध्यक्ष खतिवडाले कर्मचारी रिजाललाई विश्वकपको खेल हेर्न जान आफ्नो परिवार (श्रीमती र छोरा) टिकट लिएपछि भिसा प्रक्रिया अघि बढाउन रिजाललाई जिम्मेवारी दिएका थिए । एन्फाबाट टिकट लिने अन्यको भिसा प्रक्रियामा पनि रिजालले नै सहयोग पुर्याएका थिए ।

तर खतिवडाले आफ्नो प्रक्रियाबारे जान्न रिजाललाई विहानदेखि फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । दिउँसोसम्म पनि लगातार फोन नउठाएपछि खतिवडा रिसाउँदै एन्फा परिसर आएका थिए । उनी एन्फा प्रवेश गर्दा मैदानमा एन्फा यू-१६ युथ लिगको खेल चलिरहेको थियो । तर उनको गाडीको गतिले एन्फा परिसरमा रहेको धेरैको ध्यानाकर्षण भएको थियो ।

खतिवडा सिधै रिजाल भएको कक्षमा गए । त्यसको केहीबेर अघि फोनमा नै असमझदारी भएपछि खतिवडा एन्फा आएको प्रत्यक्षदर्शीले बताए । त्यसपछि दुई जनाबीच भनाभन नै भयो । हात हालाहालकै स्थिति आएपछि एन्फाका अन्य पदाधिकारीले दुई जनालाई छुट्याउनु परेको थियो । मैदानमा खेल हेर्न बसेका केहि पदाधिकारी र सुरक्षा गार्ड पनि होहल्ला सुनेपछि एन्फा मुख्यालयतर्फ लागेका थिए ।

दुवैलाई फरक कक्षमा लागेपछि स्थिति साम्य भएको बताइएको छ । खतिवडाका अनुसार रिजालले आफ्नो परिवारको भिसा प्रक्रिया गर्ने भनेर जिम्मेवारी लिएपनि त्यसअनुसार काम अघि बढाएका थिएनन् । त्यसैबारे जानकारी लिन फोन सम्पर्क गर्न खोज्दा रिजालले जवाफ नदिएपछि खतिवडा आजित बनेका थिए ।

‘मैले भिसा प्रक्रियाका लागि जिम्मेवारी दिएको थिएँ । उहाँले गर्छु भनेर नै दिएको हो । आज बिहानदेखि फोन सम्पर्क गरें तर उठाउनुभएन । पछि कुरा हुँदा मसँग नराम्रो प्रस्तुत हुनुभयो । मैले एन्फामै गएर कुरा गर्न खोज्दा उल्टै रिसाएर बोल्नुभएको हो । मैले मात्र प्रक्रियाबारे सोध्दा उहाँको प्रस्तुति राम्रो थिएन,’ खतिवडाले भने, मैले डकुमेन्ट मागेको थिए । त्यो पनि दिनुभएन। भोलि फर्काउने खबर पाएको छु।’

यसबारे हाम्रो खेलकुदले कर्मचारी रिजाललाई सम्पर्क गर्न खोज्दा उनले जवाफ दिएनन् । एन्फामा अष्ट्रेलिया जाने प्रयास गरिरहेका कार्यसमिति सदस्यकै पनि भिसा अस्विकार भएको छ । यसबाहेक अन्य टिकट लिने व्यक्तिहरुको पनि भिसा आएको छैन ।

एन्फाले झण्डै डेढ महिनाअघि नै विश्वकपको २ सय ३० टिकट विक्रीका लागि आन्तरिक भागबण्डा गर्ने निर्णय गरेको थियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा जेठ २० गते बसेको आपतकालीन बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, महासचिव, सह महासचिव, प्रवक्ता, कोषाध्यक्ष, सदस्य, जिल्ला, क्लब, मिडिया, प्रायोजक र शुभचिन्तकका लागि टिकटको भागबन्डा गरेको थियो ।

एन्फाका अनुसार अष्ट्रेलियामा हुने खेलको १ सय २५ र न्यूजिल्यान्डमा हुने खेलका लागि १ सय ५ गरि २ सय ३० टिकट विक्रीका लागि उपलब्ध रहेको थियो । एन्फाले पदीय मर्यादाक्रम अनुसार टिकटको भागबण्डा गर्ने क्रममा अध्यक्षलाई अष्ट्रेलियाको ८ र न्यूजिल्यान्डको ७, वरिष्ठ उपाध्यक्षलाई अष्ट्रेलियाको ७ र न्यूजिल्यान्डको ६, चार उपाध्यक्ष र महासचिव हरेकलाई अष्ट्रेलियाको ५ र न्यूजिल्यान्डको ४, केन्द्रिय सदस्य हरेकलाई अष्ट्रेलिया र न्यूजिल्यान्डको समान ३ टिकट भाग लगाएको थियो ।

त्यस्तै एन्फा कोषध्यक्षलाई अष्ट्रेलियाको र न्यूजिल्यान्डको समान १, तीन सहायक महासचिव र प्रवक्ता हरेकलाई अष्ट्रेलियाको १ र न्यूजिल्यान्डको २ टिकट तथा एन्फाका सदस्य जिल्ला, क्लब, मिडिया, प्रायोजक र शुभ चिन्तकलाई अष्ट्रेलियाको ३५ र न्यूजिल्यान्डको १८ टिकट भागमा राखिएको थियो ।

उपाध्यक्ष खतिवडाका अनुसार विश्व कपको फाइनल अवलोकनका एन्फाबाट अध्यक्ष नेम्वाङ, महासचिव किरण राई र आफू जाने तयारी भइरहेको छ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.