default_image

2 years ago

July 20, 2023

फिफा वरियतामा नेपाल यथास्थानमा

305 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल यथास्थान १ सय ७५ औं स्थानमा रहेको थियो ।

गत महिना भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग ३–० ले पराजित भएको नेपालले तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई १–० ले हराएको थियो ।

साफ च्याम्पियन भारत वरियतामा सुधार गर्दै फिफा वरियताको ९९ औं स्थानमा उक्लेको छ । दक्षिण एसियाका अन्य टोली माल्दिभ्स १ सय ५५ औं, भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८९ औं, पाकिस्तान २ सय एकौं र श्रीलंका २ सय चारौं स्थानमा रहेको छ ।

विश्व कप विजेता अर्जेन्टिना पहिलो र उपविजेता फ्रान्स दोस्रो स्थानमा छन् । फिफा वरियताको तेस्रो स्थानमा ब्राजिल, इंगल्यान्ड चौथो, बेल्जियम पाँचौं, क्रोएसिया छैटौं, नेदरल्यान्ड्स सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दसौं स्थानमा छन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.