2 years ago
July 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल यथास्थान १ सय ७५ औं स्थानमा रहेको थियो ।

गत महिना भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग ३–० ले पराजित भएको नेपालले तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई १–० ले हराएको थियो ।
साफ च्याम्पियन भारत वरियतामा सुधार गर्दै फिफा वरियताको ९९ औं स्थानमा उक्लेको छ । दक्षिण एसियाका अन्य टोली माल्दिभ्स १ सय ५५ औं, भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८९ औं, पाकिस्तान २ सय एकौं र श्रीलंका २ सय चारौं स्थानमा रहेको छ ।
विश्व कप विजेता अर्जेन्टिना पहिलो र उपविजेता फ्रान्स दोस्रो स्थानमा छन् । फिफा वरियताको तेस्रो स्थानमा ब्राजिल, इंगल्यान्ड चौथो, बेल्जियम पाँचौं, क्रोएसिया छैटौं, नेदरल्यान्ड्स सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दसौं स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]