default_image

2 years ago

July 21, 2023

अल नासरको लगातार फराकिलो हार

444 views

0 Bookmark

एजेन्सी – साउदी क्लब अल नासरले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध लगातार दोस्रो खेलमा फराकिलो हार बेहोरेको छ ।

बिहीबार सम्पन्न खेलमा पोर्चुगलको बेन्फिकाले अल नासरलाई ४-१ ले पराजित गरेको हो । त्यसअघि अल नासरले स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को हार बेहोरेको थियो ।

रोनाल्डोले खेलमा ८४ मिनेट खेलेपनि गोल गर्न सकेनन् । बेन्फिकाका लागि भने अर्जेन्टिनी विंगर एन्जल डी मारियाले खाता खोलेका थिए । विश्वकपका दौरान पोर्चुगलको राष्ट्रिय टोलीको सुरुवाती रोजाइमा रोनाल्डोकै स्थान लिएका फरवार्ड गोन्कालो रामोसले दुई गोल गरेका थिए ।

डी मारियाले २३ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि रामोसले ५ मिनेटको अन्तरमा २ गोल गर्दै बेन्फिकालाई सहज अवस्थामा पुर्याए ।

४२ औं मिनेटमा साउदी टोलीका लागि सुल्तान अल घानमले गोल फर्काएका थिए । दोस्रो हाफमा बेन्फिकाका लागि आन्द्रिएस सेल्देरूपले अर्को गोल थपेका थिए ।

खेलको पहिलो हाफको अन्त्यतिर डी मारियाले रोनाल्डोलाई वन भर्सेस वनमा छलाएको क्षण सामाजिक संजालमा भाइरल समेत बनेको छ ।

अल नासरले अब प्रि सिजनमा पेरिस सेन्ट जर्मेन र इन्टर मिलानको सामना गर्नेछ ।

https://twitter.com/bckscfd/status/1682123256734576642

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.