2 years ago
July 21, 2023
एजेन्सी – साउदी क्लब अल नासरले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध लगातार दोस्रो खेलमा फराकिलो हार बेहोरेको छ ।

बिहीबार सम्पन्न खेलमा पोर्चुगलको बेन्फिकाले अल नासरलाई ४-१ ले पराजित गरेको हो । त्यसअघि अल नासरले स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को हार बेहोरेको थियो ।
रोनाल्डोले खेलमा ८४ मिनेट खेलेपनि गोल गर्न सकेनन् । बेन्फिकाका लागि भने अर्जेन्टिनी विंगर एन्जल डी मारियाले खाता खोलेका थिए । विश्वकपका दौरान पोर्चुगलको राष्ट्रिय टोलीको सुरुवाती रोजाइमा रोनाल्डोकै स्थान लिएका फरवार्ड गोन्कालो रामोसले दुई गोल गरेका थिए ।
डी मारियाले २३ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि रामोसले ५ मिनेटको अन्तरमा २ गोल गर्दै बेन्फिकालाई सहज अवस्थामा पुर्याए ।
४२ औं मिनेटमा साउदी टोलीका लागि सुल्तान अल घानमले गोल फर्काएका थिए । दोस्रो हाफमा बेन्फिकाका लागि आन्द्रिएस सेल्देरूपले अर्को गोल थपेका थिए ।
खेलको पहिलो हाफको अन्त्यतिर डी मारियाले रोनाल्डोलाई वन भर्सेस वनमा छलाएको क्षण सामाजिक संजालमा भाइरल समेत बनेको छ ।
अल नासरले अब प्रि सिजनमा पेरिस सेन्ट जर्मेन र इन्टर मिलानको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]