2 years ago
July 21, 2023
एजेन्सी – उपाधि दावेदार स्पेनले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा सानदार विजयी सुरुवात गरेका छन् ।

विलिङटन रिजनल स्टेडियम विलिङटनमा शुक्रबार भएको खेलमा स्पेनले कोस्टा रिकामाथि ३–० को सानदार जित दर्ता गरेको हो । स्पेनको जितमा एइटाना बोनमती र एस्तर गोन्जालेजले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
स्पेनले ७ मिनेटको अन्तरमा तीन गोल गर्दा २७ मिनेटभित्रै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो । त्यही तीन गोल नै स्पेनलाई ३ अंब बटुल्न पर्याप्त रह्यो ।
२१औं मिनेटमा भालेरिया डेल काम्पोको आत्मघाती गोलबाट स्पेनले गोलको खाता खोलेको थियो । २३औं मिनेटमा एइटाना बोनामतीले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । उनले ओना ब्याटलको पासमा गोल गर्न सफल भएकी थिइन् ।
२७औं मिनेटमा एस्तर गोन्जालेजले गोल गरेपछि स्पेनले खेलमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । ३४औं मिनेटमा जेनिफर हर्माेसो पेनाल्टीमा चुक्दा स्पेन थप अग्रता बनाउनबाट बाट चुक्यो ।

पहिलो हाफमै तीन गोल गरेको स्पेनले दोस्रो हाफमा भने गोल थप्न सकेन । २७औं मिनेटसम्म सम्हालिन नसकेको कोस्टा रिकाले दोस्रो हाफमा भने बलियो स्पेनलाई रोक्न सफल भएपनि नतिजा बदल्न सकेन । यस जितसँगै समूह ‘सी’ मा स्पेनले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित कोस्टारिका अंक विहीन छ ।
शुक्रबारै भएको समुह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले फिलिपिन्समाथि २–० को सहज जित हात पारेको छ । डुनेडिन स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा स्वीट्जरल्यान्डको जितमा रामोना बचमान र सेरैना पियुवेलले गोल गरिन् ।
खेलमा ७४ प्रतिशत बल पोसेसन राखेको स्वीट्जरल्यान्डले गोलको लागि भने पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीकै साहरा लिनुपरेको थियो । बचमानले पेनाल्टीमा गोल गर्दै स्वीट्जरल्यान्डलाई १–० को अग्रता दिलाइन् । त्यसपछि ६४औं मिनेटमा सेरैना पियुवेलले गोल गर्दै स्वीट्जरल्यान्डको जित पक्का गरिन् ।
यस जितले स्वीट्जरल्यान्ड एक खेलबाट ३ अंक बटुलेर शीर्षस्थानमा रहेको छ । न्युजिल्यान्डको पनि ३ अंक नै रहेपनि गोल अन्तरमा पछि छ । नर्वे र फिलिपिन्स अंकविहीन छ ।
यस्तै समुह ‘बी’ को खेलमा नाइजेरिया र क्यानडाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । मेलवर्न स्टेडियममा क्यानडाले बल पोसेसन राख्दै नाइजेरियामाथि दवाव बढाएपनि गोल गर्न नसक्दा जितबाट वञ्चित हुन पुग्यो ।
खेलको अन्तिम समयमा भने नाइजेरिया १० खेलाडीमा समेटिन पुगेको थियो । एस्ले लरेन्सलाई अनावश्यक च्यालेन्ज गरेपछि १९ वर्षीय डेवोरह एवायोडनलाई रेफ्रीले भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउँदा नाइजेरियाले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।
यस बराबरीले क्यानडा र नाइजेरियाले समान एक अंक बटलेका छन् । यो समूहमा आयोजक अष्ट्रेलिया ३ अंक जोडेर शीर्षस्थानमा रहँदा आइरल्यान्ड अंकविहीन हुँदै पुछारमा छ ।
विश्वकपमा शनिबार चार खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘सी’ मा जाम्विया र जापानले प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’ मा इंग्ल्यान्ड र हाइटी तथा डेनमार्क र चीन बीच प्रतिस्पर्धा हुँदा समूह ‘ई’ मा अमेरिका र भियतनामबीच खेल हुनेछ ।
न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]