2 years ago
July 21, 2023
एजेन्सी – उपाधि दावेदार स्पेनले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा सानदार विजयी सुरुवात गरेका छन् ।

विलिङटन रिजनल स्टेडियम विलिङटनमा शुक्रबार भएको खेलमा स्पेनले कोस्टा रिकामाथि ३–० को सानदार जित दर्ता गरेको हो । स्पेनको जितमा एइटाना बोनमती र एस्तर गोन्जालेजले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
स्पेनले ७ मिनेटको अन्तरमा तीन गोल गर्दा २७ मिनेटभित्रै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो । त्यही तीन गोल नै स्पेनलाई ३ अंब बटुल्न पर्याप्त रह्यो ।
२१औं मिनेटमा भालेरिया डेल काम्पोको आत्मघाती गोलबाट स्पेनले गोलको खाता खोलेको थियो । २३औं मिनेटमा एइटाना बोनामतीले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । उनले ओना ब्याटलको पासमा गोल गर्न सफल भएकी थिइन् ।
२७औं मिनेटमा एस्तर गोन्जालेजले गोल गरेपछि स्पेनले खेलमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । ३४औं मिनेटमा जेनिफर हर्माेसो पेनाल्टीमा चुक्दा स्पेन थप अग्रता बनाउनबाट बाट चुक्यो ।

पहिलो हाफमै तीन गोल गरेको स्पेनले दोस्रो हाफमा भने गोल थप्न सकेन । २७औं मिनेटसम्म सम्हालिन नसकेको कोस्टा रिकाले दोस्रो हाफमा भने बलियो स्पेनलाई रोक्न सफल भएपनि नतिजा बदल्न सकेन । यस जितसँगै समूह ‘सी’ मा स्पेनले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित कोस्टारिका अंक विहीन छ ।
शुक्रबारै भएको समुह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले फिलिपिन्समाथि २–० को सहज जित हात पारेको छ । डुनेडिन स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा स्वीट्जरल्यान्डको जितमा रामोना बचमान र सेरैना पियुवेलले गोल गरिन् ।
खेलमा ७४ प्रतिशत बल पोसेसन राखेको स्वीट्जरल्यान्डले गोलको लागि भने पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीकै साहरा लिनुपरेको थियो । बचमानले पेनाल्टीमा गोल गर्दै स्वीट्जरल्यान्डलाई १–० को अग्रता दिलाइन् । त्यसपछि ६४औं मिनेटमा सेरैना पियुवेलले गोल गर्दै स्वीट्जरल्यान्डको जित पक्का गरिन् ।
यस जितले स्वीट्जरल्यान्ड एक खेलबाट ३ अंक बटुलेर शीर्षस्थानमा रहेको छ । न्युजिल्यान्डको पनि ३ अंक नै रहेपनि गोल अन्तरमा पछि छ । नर्वे र फिलिपिन्स अंकविहीन छ ।
यस्तै समुह ‘बी’ को खेलमा नाइजेरिया र क्यानडाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । मेलवर्न स्टेडियममा क्यानडाले बल पोसेसन राख्दै नाइजेरियामाथि दवाव बढाएपनि गोल गर्न नसक्दा जितबाट वञ्चित हुन पुग्यो ।
खेलको अन्तिम समयमा भने नाइजेरिया १० खेलाडीमा समेटिन पुगेको थियो । एस्ले लरेन्सलाई अनावश्यक च्यालेन्ज गरेपछि १९ वर्षीय डेवोरह एवायोडनलाई रेफ्रीले भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउँदा नाइजेरियाले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।
यस बराबरीले क्यानडा र नाइजेरियाले समान एक अंक बटलेका छन् । यो समूहमा आयोजक अष्ट्रेलिया ३ अंक जोडेर शीर्षस्थानमा रहँदा आइरल्यान्ड अंकविहीन हुँदै पुछारमा छ ।
विश्वकपमा शनिबार चार खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘सी’ मा जाम्विया र जापानले प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’ मा इंग्ल्यान्ड र हाइटी तथा डेनमार्क र चीन बीच प्रतिस्पर्धा हुँदा समूह ‘ई’ मा अमेरिका र भियतनामबीच खेल हुनेछ ।
न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]