2 years ago
July 22, 2023
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले डेब्यु खेलमा नै फ्रिकिकमार्फत गोल गर्दै इन्टर मायमीलाई जित दिलाएका छन् ।

लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध २-१ को जित निकाल्ने क्रममा मेस्सीले इन्ज्युरी समयमा गोल गरे । खेल बराबरीतर्फ उन्मुख भएको अवस्थामा मेस्सीले इन्ज्युरी समयको तेस्रो मिनेटमा फ्रिकिकमा गोल गरेका थिए ।
दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका थिए । उनीसँगै सर्जियो बुस्केट्स पनि मेदन प्रवेश गरेका थिए ।
खेलको ४४ औं मिनेटमा रोबर्ट टेलरले मायमीलाई अग्रता दिलाएका थिए । उनले रबि रबिन्सनको पासलाई गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफको ५४ औं मिनेटमा मेस्सी र बुस्केट्स मैदान प्रवेश गरेका थिए । त्यसपछि मायमीले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । तर काउन्टरमा क्रुज अजुलले गोल फर्कायो । ६५ औं मिनेटमा जेसस दुएनसको पासमा उरिएल अन्तुनाले गोल गरे ।
इन्ज्युरी समयमा मेस्सीलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि मायमीले फ्रिकिकको अवसर पाएको थियो । मेस्सीले उक्त फ्रिकिक टप कर्नरमा गोल गर्दै जित दिलाए ।
कस्तो प्रतियोगिता होल लिग्स कप ?
अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
त्यसमध्य अमेरिकाको च्याम्पियन लस एन्जेलस एफसी र मेक्सिको पचुकाले प्रतियोगिताको नकआउट चरण पुग्न बाइ पाएका छन् । एक महिना चल्ने यस प्रतियोगिताको फाइनल अगष्ट १९ मा हुनेछ ।
सहभागी ४७ मध्य ४५ टोलीलाई ३-३ टोलीको १५ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । यी ३० टोली र नकआउट चरणमा बाइ पाएका टोली समेटेर राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्नेछन् ।

मेस्सी सम्मिलित इन्टर मायमी दक्षिण ३ समूहमा रहेको छ । यो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एटलान्टा युनाइटेड एफसी रहेका छन् ।
सन् २०१९ देखि सुरु भएको यस प्रतियोगिताको पहिलो उपाधि मेक्सिकोको क्रुज अजुलले जितेको थियो । सन् २०२० मा कोभिड संक्रमणका कारण हुन नसकेको प्रतियोगिता २०२१ मा मेक्सिकोकै क्लब लिओनले जितेको थियो । सन् २०२२ मा सम्भव नहुँदा यसपटक भने सबै टोली सहभागी हुँदैछन् ।
लिग्स कपको शीर्ष ३ मा पर्ने टोलीले कन्काकाफ च्याम्पियन्स कपमा छनोट हुनेछ । यो प्रतियोगिता उत्तर, मध्य र क्यारेबियन क्षेत्रको शीर्ष क्लब प्रतियोगिता हो । युरोपमा हुने युरोपेली च्याम्पियन्स लिगजस्तै मेजर लिग सकरका क्लबले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् ।
सन् २०२० देखि आधिकारिक रुपमा प्रतिस्पर्धामा उत्रिएको मायमीलाई पहिलो उपाधि दिलाउने अवसर पनि मेस्सीसामु छ । अर्जेन्टिना र बार्सिलोनामा सँगै काम गरेका प्रशिक्षक जेरार्डो मार्टिनोसँग मेस्सीलाई नयाँ इतिहास रच्ने अवसर रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]