2 years ago
July 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गत साता सुरु भएको एन्फा यू-१६ युथ लिग दोस्रो साता सुरु नहुँदै अन्यौलमा परेको छ । एन्फा प्रतियोगिता आयोजनामा गम्भीर नभएको भन्दै सहभागी क्लबले लिग नखेल्ने निर्णय गरेका छन् ।

पहिलो साताको खेलमा न्यु रोड टिम (एनआरटि) ले त्रिभुवन आर्मी क्लबलाई ५-१ को अन्तरले हराएको थियो । उक्त खेलमा एनआरटिका एक खेलाडी १६ वर्षभन्दा बढी रहेको भन्दै आर्मीले उजुरी दिएको थियो । एन्फाले छानविन गरेर उक्त खेलाडीको उमेर बढी भएको र त्यसअनुसार आर्मीलाई ३-० ले विजयी गराएको थियो ।
शनिबार विहान एनआरटिले विज्ञप्ति जारी गर्दै एन्फाले आफ्नो अपिलको सुनुवाई नगरेको भन्दै प्रतियोगिता नै नखेल्ने निर्णय लिएको छ । एन्फाले राम्रोसँग छानविन नगरेको र सहभागी खेलाडीलाई नै असर पर्ने निर्णय लिएको क्लबले जनाएको छ । एनआरटिले आज दिउँसो खुमलटारसँग खेल्ने तालिका रहेको थियो ।
यसबाहेक मनाङ मर्स्याङ्दी क्लबले पनि मच्छिन्द्रविरुद्ध हुने खेलमा उपस्थिति जनाएन । शनिबारको खेलका लागि मच्छिन्द्रका खेलाडी वार्मअप गरेपनि मनाङ भने मैदानमै पुगेको छैन । क्लब पदाधिकारीका अनुसार एन्फाले राखेको बैठकमा जिम्मेवार पदाधिकारी नै उपस्थित नभएपछि क्लबले लिगको खेल नखेल्ने निर्णय गरेको हो ।
नियमावली अनुसार नै खेलाडी दर्ता भएपनि हरेक खेलपछि उजुरी पर्ने हुँदा एन्फालाई क्लबले सबै खेलाडीको एमआरआइ गर्न आग्रह गरेको थियो । तर एन्फाले यसबारे गम्भीर चासो नलिएपछि क्लबहरु असन्तुष्ट बनेका थिए ।
स्रोतका अनुसार एनआरटि, मनाङ, संकटा, चर्च ब्वाइज, खुमलटार र फ्रेन्ड्सले एन्फासँग छलफल गरेर निर्णय लिएपछि मात्र सहभागिता जनाउने निर्णय गरेका छन् ।
सहभागी १० मध्य ६ क्लबले असन्तुष्टि जनाएसँगै लिग नै अन्यौल हुने देखिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]