2 years ago
July 22, 2023
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार फरवार्ड किलीयन एमबाप्पेलाई एसिया भ्रमणको टोलीबाट बाहिर राखेको छ ।

प्रि-सिजनको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि पिएसजी एसिया प्रस्थान गर्दा एमबाप्पेलाई भने टोलीमा राखिएको छैन । सम्झौता नविकरणबारे क्लबसँग सहमति हुन नसक्दा क्लबले उनलाई हाल टोलीमा नराख्ने निर्णय लिएको हो ।
हालको सम्झौता अनुसार एमबाप्पे यस सिजनको अन्त्यमा फ्रि एजेन्ट बन्नेछन् । तर पिएसजी उनलाई नयाँ सम्झौता गराउन चाहन्छ । यदि एमबाप्पेले नमानेको अवस्थामा क्लबले उनलाई अन्यत्र बेचेर ट्रान्सफर रकम हासिल गर्ने सोच बनाएको छ ।
एमबाप्पेको नाम लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको छ । उनले अर्को सिजन फ्री एजेन्टको रुपमा रियल म्याड्रिड जाने मनसाय बनाएको आँकलन पिएसजीको छ ।
एमबाप्पेले अब क्लबले दिएको नयाँ सम्झौता नवीकरण गर्ने वा पुरानो सम्झौता अनुसार एक वर्ष हालकै सम्झौतामा थप गर्ने विकल्प छ । त्यसो नहुँदा पिएसजीले उनलाई अन्य क्लबमा बेच्ने अनुमान रहेको छ । उनलाई खरिद गर्न १ सय मिलियन युरोभन्दा माथिको माग पिएसजीले राख्ने आँकलन छ ।
सन् २०१७ मा १ सय ६५ मिलियन पाउन्डमा मोनाकोबाट पिएसजी आएका उनी विश्वकप दोस्रो महँगा खेलाडी हुन् । उनले पिएसजीको सर्वाधिक गोलकर्ता बन्ने क्रममा २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् ।
पिएसजीले नयाँ सिजनका लागि स्पेनिस प्रशिक्षक लुइस एन्रिकेलाई भित्र्याएको छ । गत सिजनको अन्त्यसँगै लिओनेल मेस्सीले क्लब छाडेपछि पिएसजीको आक्रमणमा असर पर्ने अनुमान रहेको थियो । अब एमबाप्पे पनि अनुपस्थित हुँदा नेयमारमाथि थप जिम्मेवारी हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]