2 years ago
July 22, 2023
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार फरवार्ड किलीयन एमबाप्पेलाई एसिया भ्रमणको टोलीबाट बाहिर राखेको छ ।

प्रि-सिजनको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि पिएसजी एसिया प्रस्थान गर्दा एमबाप्पेलाई भने टोलीमा राखिएको छैन । सम्झौता नविकरणबारे क्लबसँग सहमति हुन नसक्दा क्लबले उनलाई हाल टोलीमा नराख्ने निर्णय लिएको हो ।
हालको सम्झौता अनुसार एमबाप्पे यस सिजनको अन्त्यमा फ्रि एजेन्ट बन्नेछन् । तर पिएसजी उनलाई नयाँ सम्झौता गराउन चाहन्छ । यदि एमबाप्पेले नमानेको अवस्थामा क्लबले उनलाई अन्यत्र बेचेर ट्रान्सफर रकम हासिल गर्ने सोच बनाएको छ ।
एमबाप्पेको नाम लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको छ । उनले अर्को सिजन फ्री एजेन्टको रुपमा रियल म्याड्रिड जाने मनसाय बनाएको आँकलन पिएसजीको छ ।
एमबाप्पेले अब क्लबले दिएको नयाँ सम्झौता नवीकरण गर्ने वा पुरानो सम्झौता अनुसार एक वर्ष हालकै सम्झौतामा थप गर्ने विकल्प छ । त्यसो नहुँदा पिएसजीले उनलाई अन्य क्लबमा बेच्ने अनुमान रहेको छ । उनलाई खरिद गर्न १ सय मिलियन युरोभन्दा माथिको माग पिएसजीले राख्ने आँकलन छ ।
सन् २०१७ मा १ सय ६५ मिलियन पाउन्डमा मोनाकोबाट पिएसजी आएका उनी विश्वकप दोस्रो महँगा खेलाडी हुन् । उनले पिएसजीको सर्वाधिक गोलकर्ता बन्ने क्रममा २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् ।
पिएसजीले नयाँ सिजनका लागि स्पेनिस प्रशिक्षक लुइस एन्रिकेलाई भित्र्याएको छ । गत सिजनको अन्त्यसँगै लिओनेल मेस्सीले क्लब छाडेपछि पिएसजीको आक्रमणमा असर पर्ने अनुमान रहेको थियो । अब एमबाप्पे पनि अनुपस्थित हुँदा नेयमारमाथि थप जिम्मेवारी हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]