2 years ago
July 22, 2023
ह्यामिल्टन – एसियाली राष्ट्र जापानले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा सानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा तुलनात्मक रुपमा कमजोर जाम्वियामाथि ५–० को सानदार जित दर्ता गर्दै सुखद् सुरुवात गरेको हो । जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई गोल गर्दा मिना तानाका, जुन इन्डो र रिको युकीले समान एक गोल गरिन् ।
जापानले गरेको दुई गोललाई भिएआरले मान्यता दिएन । एक पक्षीय बनेको खेलको २१औं मिनेटमा मिनाले गोल गरेपनि भिएआरबाट उक्त गोलले मान्यता पाएन । ४३औं मिनेटमा हिनाताले गोल गर्दै जापानलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । उनले एओवा फुजिनोको पासमा गोल गर्न सफल भइन् ।
दोस्रो हाफका जापानले थप आक्रामक फुटबल खेल्दै चार गोल गर्न सफल भयो । ४९औं मिनेटमा मिनाले गोल गरेपनि भिएआरमा पुनः अफसाइड ठहरियो । ५१औं मिनेटमा जापानले पेनाल्टीको मौका पाएपनि त्यसलाई भिएआरले खारेज गरिदियो ।
आँफुले गरेको दुई गोलले मान्यता नपाएको मिनाले ५५औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारिन् । उनले जुन इन्डोको पासमा जाम्वियाको रक्षापङ्ति तोड्न सफल भइन् । ६२औं मिनेटमा मियाजावाले गोल गर्दै जापानलाई खेलमा ३–० ले अघि बढाइन् । उनले मिनाको पासलाई सदुपयोग गरेकी थिइन् ।
७१औं मिनेटमा जुन इन्डोले गोल गरेपछि जापान खेलमा फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले युई हासेगावाको पासमा गोल गरिन् । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा जाम्विया १० खेलाडीमा समेटिन पुग्यो ।
गोलरक्षक क्याथेरिन मुसोन्डाले पेनाल्टी बक्समा युकीलाई फउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउँदा जाम्विया १० खेलाडीमा समेटिन पुग्यो । तर, रिकोको पेनाल्टी वैकल्पिक गोलरक्षक साकालाले बचाएपनि उनी बल प्रहार गर्नुअघि नै अघि बढेको भन्दै रेफ्रीले जापानलाई ‘रि’ पेनाल्टी प्रदान गर्दा यसपटक रिको चुकिनन् ।
यस जितले जापानले एक खेलबाट ३ अंक बटुल्दै शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक नै रहेपनि स्पेन गोल अन्तरमा पछि छ । जाम्विया अंकविहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]