default_image

2 years ago

July 22, 2023

जाम्वियामाथि जापानको सानदार जित

336 views

0 Bookmark

ह्यामिल्टन – एसियाली राष्ट्र जापानले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा सानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा तुलनात्मक रुपमा कमजोर जाम्वियामाथि ५–० को सानदार जित दर्ता गर्दै सुखद् सुरुवात गरेको हो । जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई गोल गर्दा मिना तानाका, जुन इन्डो र रिको युकीले समान एक गोल गरिन् ।

जापानले गरेको दुई गोललाई भिएआरले मान्यता दिएन । एक पक्षीय बनेको खेलको २१औं मिनेटमा मिनाले गोल गरेपनि भिएआरबाट उक्त गोलले मान्यता पाएन । ४३औं मिनेटमा हिनाताले गोल गर्दै जापानलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । उनले एओवा फुजिनोको पासमा गोल गर्न सफल भइन् ।

दोस्रो हाफका जापानले थप आक्रामक फुटबल खेल्दै चार गोल गर्न सफल भयो । ४९औं मिनेटमा मिनाले गोल गरेपनि भिएआरमा पुनः अफसाइड ठहरियो । ५१औं मिनेटमा जापानले पेनाल्टीको मौका पाएपनि त्यसलाई भिएआरले खारेज गरिदियो ।

आँफुले गरेको दुई गोलले मान्यता नपाएको मिनाले ५५औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारिन् । उनले जुन इन्डोको पासमा जाम्वियाको रक्षापङ्ति तोड्न सफल भइन् । ६२औं मिनेटमा मियाजावाले गोल गर्दै जापानलाई खेलमा ३–० ले अघि बढाइन् । उनले मिनाको पासलाई सदुपयोग गरेकी थिइन् ।

७१औं मिनेटमा जुन इन्डोले गोल गरेपछि जापान खेलमा फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले युई हासेगावाको पासमा गोल गरिन् । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा जाम्विया १० खेलाडीमा समेटिन पुग्यो ।

गोलरक्षक क्याथेरिन मुसोन्डाले पेनाल्टी बक्समा युकीलाई फउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउँदा जाम्विया १० खेलाडीमा समेटिन पुग्यो । तर, रिकोको पेनाल्टी वैकल्पिक गोलरक्षक साकालाले बचाएपनि उनी बल प्रहार गर्नुअघि नै अघि बढेको भन्दै रेफ्रीले जापानलाई ‘रि’ पेनाल्टी प्रदान गर्दा यसपटक रिको चुकिनन् ।

यस जितले जापानले एक खेलबाट ३ अंक बटुल्दै शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक नै रहेपनि स्पेन गोल अन्तरमा पछि छ । जाम्विया अंकविहीन हुँदै पुछारमा छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.